कीर्तिपुर माइक्रो बस दुर्घटना प्रकरण
निर्दोषको ज्यान, निर्दोषी जेल, दोषी चोखै
— नारायण महर्जन
वर्ष ९, अंक ३० (२०६९ कार्तिक १७ गते शुक्रबार)
कार्तिक १ गते विहानै सवेरैको समय ४:३० बजे । सुनसान सडक मर्निङ्ग वाक हिँड्नेहरु घरबाट सडकमा साथीहरु पर्खेर बसेका के थिए । रुटमा बस्न देवढोकाबाट छुटिएको बा.२ख १८९२ को माइक्रोबसबाट अकस्मात पासा पुचः क्लव अगाडि गधाम ठक्कर । ठक्कर दिइसकेपछि माइक्रोबस चालक मानव भएको भए ठक्करमा परी घाइते हुनेलाई तत्काल उपचारको लागि अस्पताल पुर्याउनु पर्दथ्यो तर चालक खलासी होस् या ड्राइभर दानव भएर उपचार गराउन ध्यान दिएन सरासर पाँगा दोबाटो हुंईंकिए ।
गाडिको अगाडिको सिसा फुटेको र बाँया हेड लाइट फुटेको र रगतको छर्रा यताउता लागेको गाडि दानव चालकले क्युमा हाल्न पुग्छन् । के भयो, कस्तो भयो खबरसँगै गाडि क्यू (लाइन) बाट निकाल्दै देवढोका आफ्नै गाडि मालिकको घर अगाडि पुर्याई सफा गरी, घरमा चावी बुझाई फरार हुन्छ । त्यो गाडि कसले चलायो मात्र घरका परिवारलाई मात्र थाहा छ । विहान सुनसान समयमा गाडिको सिसा नफुटेको , हेडलाइट नफुटेको र रगत र मासुको चोक्ता फेला नपरेको भए घटना अझै गुपचुप हुने थियो । गल्ती गरिसकेपछि एउटा न एउटा खोत बाँकी हुँदो रहेछ त्यो १८९२ मा पनि मासुको चोक्ता सफा गर्न नभ्याएकोले थप प्रमाण जुट्यो । र प्रहरीहरु अपराध गर्ने गाडिलाई नियन्त्रण गर्न सफल भयो ।
घटनामा २ जना निर्दोष कीर्तिपुर आमाका दुई छोरा प्रकाश महर्जन (चाइनिज) र मच्छिन्द्र महर्जनले घटनास्थलमै ज्यान गुमाए भने तेस्रो निर्दोष व्यक्ति देवानन्द शाही गम्भीर घाइते छन् ।
मृतक र घाइते गरी तीनै जनाको तत्काल बल्खुस्थिति स्टार अस्पतालमा उपचारको लागि पु¥याए भने दिउँसो नै मृतक दुई जनाको पोष्टमर्टमको लागि महाराजगंज शिक्षण अस्पतालमा लगे भने घाइते शाही बी एण्ड बी मा ।
हल्ला विहानदेखि चलेको थियो चालक खलासी फरार । मिनीबस व्यवसायी संघका अध्यक्ष कीर्तिपुरकै बासिन्दा त्यो ठूलो घटना हुँदा पनि सम्पर्क बाहिर र अस्पतालमा पैसा दिने आश्वासनको कारण पीडित पक्षबाट नराम्ररी चुटिए । प्रहरीले सुरक्षा नगरेको भए अवस्था अर्कै हुनसक्ने प्रत्यक्षदर्शीको भनाई छ ।
घटना घटिसकेपछि क्षतिपूर्तिको कुरा उठ्नु स्वभाविक थियो । क्षतिपूर्ति माग गर्न लाइसेन्सवाला ड्राइभर प्रहरी नियन्त्रणमा जानु पर्दथ्यो यात गाडि मालिक ।
निर्दोष ड्राइभरको खोजविन गर्दा ३–४ जनाले अस्विकार गरेको र स्वयं चालक पनि अस्विकार गरेको अवस्थामा अति सोझा, भोलि के होला भन्न समेत सोच्न असमर्थ पाँगा निवासी राजकुमार महर्जनलाई केही पैसा दिने लोभमा, सँधै गाडि चलाउन दिने शर्तमा ३ घन्टा विष्णुदेवी हेल्थ सेन्टर ट्याङ्लाफाँटको एक घरमा ग्राएन्ड डिजाइन बनाई निर्दोष ड्राइभर राजकुमार महर्जनलाई महानगरीय प्रहरी प्रभाग कीर्तिपुरलाई जिम्मा दिई प्रहरी वृत कालिमाटी पु¥याइएको थियो ।
निर्दोष हो तर फसाइएको ड्राइभरले प्रहरी समक्ष आपूmले गाडि हाँकेको स्वीकार गरेको आधारमा अहिले प्रहरी हिरासतमा छन् ।
ड्राइभरलाई फसाइएको हो या होइन गाडि मालिकलाई मतलवको कुरा भएन यो पूँजीवादमा निर्दोष र सोझा सिधा नागरिक बलीको बोका हुने चलनै थियो तर मिनीबस समिति र प्रहरी प्रशासनले वास्तविकता बुझ्नु जरुरी थियो । सत्य सुरक्षाको जिम्मेवारी लिएका प्रहरीहरु एकतर्फीको कुरा सुनेर, फसेका व्यक्तिलाई हो भन्न लगाएर वास्तविक न्याय हुन सक्दैन । सत्य हुन सक्दैन । कमसेकम प्रहरीले दोषी ठहराउनु भन्दा पहिले घरपरिवारमा या समाजमा सम्पर्क गरेर केही पाईला चालेको भए निर्दोष व्यक्ति प्रहरीको कठघरामा उभिन बाध्य हुनु पर्दैन्थ्यो होला । त्यसरी नै मिनीबस सेवा समिति यस्तो घटनामा निर्दोषलाई फसाई कसको सेवा गरेको हो, प्रश्न उठेको छ ।
अपराधीहरु एकै दिनमा चोखो भएर बस्न सक्ने अवसर हुँदैन होला । यस्तो निर्दोषलाई फसाई दोषी बचाई दिने मिनीबस सेवा समिति र प्रहरीको मिलेमतो त होईन ? शंङकाको घेरामा छ ।
अपराधबाट मुक्त मृतकको मूल्य १८ लाखले तर्दैन । मान्छेको मूल्य टोक्ने र अपराधीहरु चोखो बच्ने हो भने यहाँ त्यस्ता थुपै्र घटनाहरुको निम्ता दिएको हुनेछ । हामी सबै विवेकशील प्राणी हौं । आफूलाई पर्दा, दुख्दा जति असह्य हुन्छ त्यति नै अरुलाई पर्दा, दोष दिँदा, दुख्दा असह्य र पीडादायी हुन्छ ।
मानव जातिले सेवा भावबाट सोच्ने प्रमुख दायित्व यिनै हुन् । जव नैतिकता, इमानदार र समाजवाट अलग्गिने, पन्छिने हो भने त्यो जस्तो अपराध र घृणित अरु केही हुन सक्दैन । सुत्न, खान, बस्न त विवेकवान मानिस बाहेक अरु प्राणीले पनि गर्दै आइरहेका छन् । मानवको धर्म कसैलाई दुःख नदिनु हो । भैपरि अकस्मात हुने दुःखको पनि वास्तविक इमानदार भएर अन्यलाई बचाउन सक्नु नै सभ्य मानिसको परिचय हो ।

No comments:
Post a Comment