झाडु र कलम समाउन अलमल– प्रचण्ड
वर्ष ९, अंक ३२ (२०६९ मंसिर ८ गते शुक्रबार प्रकाशित)
संविधानसभाको निर्वाचन २०६४ मा कीर्तिपुर काठमाडौं क्षेत्र नं.१० बाट विजय भैसकेपछि नागरिकको तर्फबाट दिएको झाडु र कलम समाउन अलमलमा परेकोमा माफी माग्नु भयो ।
कीर्तिपुर वडा नं.१ लाय्कुस्थित एक नीजि घरमा वहालमा स्थापना गरेको नेवाः सांस्कृतिक म्युजियमको मंसीर २३ गते शनिबार उद्घाटनको क्रममा सो अभिव्यक्त दिनुभएको हो ।
‘झाडु’ भ्रष्टाचारीलाई बढार्न र ‘कलम’ समयसीमाभित्रै संविधान लेख्ने प्रतिबद्धता व्यक्त गर्नुभएका प्रचण्डले आफूले दिएको प्रतिबद्धता अनुसार न भ्रष्टाचार निर्मूल भयो न संविधान नै लेख्यो । ४ वर्ष समयसिमा थप गर्दा पनि आफ्नै पार्टीको सरकारको नेतृत्व गर्दा पनि भ्रष्टाचार निर्मूल र संविधान दिन नसकेकोमा माफी मागेको हो ।
माफी माग्नु पर्ने कारण आफ्नो कारणले नभै एमाले र काँग्रेसको गलत बुद्धि भएकोले तिनीहरुको पछि नलाग्न समेत कीर्तिपुरवासीलाई आग्रह गर्नुभयो र सहमतिको लागि तिनीहरुले मागेको मन्त्री दिन तयार छ भनेर खुलासा पनि गर्नुभयो ।

कार्यक्रममा संसद निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत ४ लाख बराबरको सांस्कृतिक बाद्यवादनका सामानहरु विभिन्न सांस्कृतिक समहूलाई वितरण गरेको थियो ।
पूर्व सभासद् दिलीप महर्जनको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथि प्रचण्डले संग्रहालयको अवलोकन गर्नुभयो । साथै नेकपा माओवादी काठमाडौं निर्वाचन क्षेत्र नं.१० ले कीर्तिपुरमा आयोजना गरेको नेपाल सम्वत् ११३३ को चियापान कार्यक्रममा पनि सरिक हुनुभयो ।
थापित संग्रहालयमा नेपाल सम्वत् ११३३ देखि सःशुल्क मात्र प्रवेश गराउने सम्बन्धित स्रोतले बताएको छ ।

No comments:
Post a Comment