Monday, November 5, 2012

चोभार आदिनाथ मेला शुरु

चोभार आदिनाथ मेला शुरु

— सरोज शाक्य, चोभार

वर्ष ९, अंक ३० (२०६९ कार्तिक १७ गते शुक्रबार)
    श्री आनन्ददादी लोकेश्वर उपत्यकाको चार करुणामय मध्ये एक हो । चार करुणामय चार गुणमा ग्रह दशा भय रोग विध्नबाट मुक्त गर्न आनन्दादी लोकेश्वर आदिनाथलाई लिइन्छ । लोकश्वरलाई विशेष मान्यताका साथ मनाइने गरेका छन् ।
    आजसम्म पनि यी लोकेश्वरहरुको सम्झनामा आराधना गर्ने पुजापाठ धर्म कर्म व्रतादि वस्ने नित्य सुभरण श्रद्धाभाव राख्ने जस्ता कामले नेपालको संस्कृतिलाई जाज्वल्यमान गर्दै आएका छन् । लामो आयुका लागि अकाल मृत्यु भयबाट टाढा रहन, धन धान्य परिपूर्ण हुन मनोवाञ्छित कार्यसिद्धि आदि फल प्राप्त गर्न अनेक धर्मकर्म गर्दै आएका छन् ।
    यस्तो अवस्थमा सिर्जना गर्नका लागि नै उपत्यकाका नेवार र अन्य भक्तजनहरुले लोकेश्वर करुणामयहरुको दर्शन गरी महिना महिनामा अष्टमी उपोषध व्रत वसी सप्त विद्यानोत्तर सत्वपूजा गरी पटाका (पटाः) ध्वजा वसा (भा“डाकुडा ), तिसाः (गरगहना) भने पहिले पहिले राजाहरुबाट म्यें (गीत) चढाएको पाइन्छ ।
    काठमाडौंको चक्रपथबाट लगभग ३ किमी दक्षिण  तिरको डाँडो  हो  । यस चोभारको चारैतिर पूर्वमा नख्खु खोला, बागमति, दक्षिणमा जलविनयाक टौदह, पश्चिममा विण्णुदेवि (भाजंगाल), कीर्तिपुर, उत्तरमा सुलक्षण तिर्थ (सुलक्षण  विहार ) काठमाडौं पर्नुका साथै यहा“बाट सगरमाथा लगायत मनोरम हिम श्रृंखला र चारैतिर उपत्यकाको वस्ती साथै रमणीय दृश्र्यावलोकन गर्न सकिन्छ ।
      स्वयम्भु पुराण अनुसार द्वापर युगको अन्यमा महाचीनकी पञ्चशीर्ष पर्वतबाट महामञ्जुश्रीले चन्द्रहा“स खड्ग प्रहार गरी कक्षपाल पर्वतलाई दुई टुक्रा पारी त्यहा“बाट पानी पठाए पछि यो डा“डाको नाम कापोतल पर्वत हुन गयो । त्यसबेला त्यहाँ एउटा मूर्ति फेला प¥यो । यस मूर्तिले कच्छपालगिरी तिर हेरिरहेकोले यस मूर्ति त्यही बस्ने मनसाय भएको बुझिएकोले त्यस मुर्ति कापोतल पर्वतको शिखरमा स्थापना गरियो । यसरी माथि हेरिएको मूर्ति भएकाले यिनलाई ‘चोय भाय् या म्ह द्य’ चोभाद्यः भनिएको हो । यसरी स्थापना गरेपछि मञ्जुश्रीका २० हजार उपासक उपसिका मध्ये केहिलाई यस ठाउ“मा विहार बनाउन लगाई नित्य पुजा गर्न लागए ।
    कलियुग आएपछि धर्मको महत्व बढ्यो । एक दिन पुजारी रातमा बिउँझिए र गद्दीतिर हेरे गद्दीमा देवता नदेखेपछि के गर्ने के नगर्ने, के भन्ने के नभन्ने भए । त्यस बेला पुजारी चुप लागे र बसे । विहान उठ्दा  फेरि गद्दीमा जस्ताको तस्तै देखे र अचम्म मानि यो करा  आफ्नो परिवारलाई सुनाए ।
    परिवारले पत्याएनन् र पुजारीले देवताको घुडामुनिको तोरीको फुल ता“सिएको देखाए । यहि कुरा सवैले थाहा पाएपछि भक्तजनहरु दिन प्रतिदिन बढ्दै गयो । आज आएर मेलाको रुप लियो । यो कहिले देखि शुरु भयो भन्ने आजसम्म पनि कुनै ठोस् प्रमाण भेटिएको छैन ।
    यो मेला कार्तिक १३ गतेबाट एक महिना सम्म लाग्ने छ ।

No comments:

Post a Comment