वर्ष ९, अंक ४० (२०६९ माघ ५ गते शुक्रबार प्रकाशित)
पाँगा महिलाको पाँचौं साधारण सभा सम्पन्न
पाँगा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभा शनिबार पाँगा माविको प्राङ्गणमा सम्पन्न भयो ।
सहकारी विकास बोर्डका विशेषज्ञ ओमदेवी मल्ल जोशीको प्रमुख आतिथ्यमा भएको उद्घाटन सभामा वहाँले शेयर सदस्य महिलाहरुले संस्थाबाट ऋण लिई साना उद्योग व्यवसाय संचालन गरी मुनाफा कमाउन लाग्नुपर्ने बताउनुभएको थियो । वहाँले ‘हाम्रो बचत हाम्रो भविष्य सुधारको लागि हो’ भन्ने भावनाले काम गर्नुपर्ने बताउनु भयो ।

![]() |
कार्यक्रममा उपस्थित महिला |
कार्यक्रममा कीर्तिपुर नपाका लेखा अधिकृत सानुबाबु परियार, झीगु तिवःका श्रीकृष्ण महर्जन, सामुदायिक मञ्चका सुदर्शन दर्शनधारीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति मेनुका महर्जनले संस्थाको वार्षिक प्रगति प्रतिवदेन र आगामी लक्ष्य प्रस्तुत गर्नुभएको थियो ।
संस्थाको कोषाध्यक्ष विना महर्जनले वार्षिक लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । वहाँले संस्थाका विभिन्न बचतबाट रु. ६३ लाख ६१ हजार ७ सय ९१ रुपैयाँ संकलन भएको र ७४ लाख २९ हजार ९ सय ७९ रुपैयाँ लगानी भएको जनाउनु भएको थियो ।

No comments:
Post a Comment