Friday, June 28, 2013

असार पन्ध्र

वर्ष १०, अंक १३ (२०७० असार १४ गते शुक्रबार प्रकाशित)

असार पन्ध्र

    असार पन्ध्र धान दिवस । धान उत्पादमा बृद्धि, राष्ट्रिय अर्थतन्त्रको समृद्धि भन्ने नाराका साथ दशांै राष्ट्रिय धान दिवस शनिवार मनाइदैछ ।
    मानो रापेर मुरी फलाउने रोपाई महोत्सवमा सवै नेपाली किसानहरुको खुशी हुनु स्वभाविक छ । यो बर्ष मनसुनी चाडै सुरु भएकोले लगभग सवै नेपालीको धान रोप्ने समाप्ततिर पुगेको छ । जलस्रोतको धनी देशमा सिचाईको राम्रो ब्यवस्था नहुँदा आकासको  सिचाइमा संधै भर पर्नुपर्ने वाध्यता नेपाली किसानहरुको छ । जेठको सुरुमा विउ हालेदेखिनै सबै किसानाहरु आकासमा हेरेर पानी आज पर्ला कि भोलि पर्लाकी भनेर जिज्ञासा राख्ने गरेको छ ।
  प्रविधिको विकाससंगै आज भोलि ई.मौसमबाट जानकारी लिनसक्ने भएका छन् । मौसम ताथ भुगर्भविदद्वारा राखिएको ई मौसम विवरण सत्य प्रमाणित हुँदै आएको छ । तै पनि कृषि प्रधान देश जलस्रोतको धनी देश आकासको भर पर्नु पर्ने दुःखको कुरा भएको छ ।
धान दिवस रोपाई महोत्सव देखावती र मिडियामुखी बन्नुहुदैन । त्याङ्करबाट पानी हाली, राजनैतिक नेता देखि सरकारी उच्च ओहोदाका ब्यक्तिहरु बर्षमा एक दिन दिवसको अवसरमा हिलोमाटो खेलमा पुगेर रमाइलो गरेर धान दिवस हुँदैन ।
    साच्चै धान उत्पादमा वृद्धि गरी राष्ट्रिय अर्थतन्त्रमा समृद्धि गर्ने हो भने धान उत्पादन कृषि क्षेत्र घोषणा गर्नपर्ने, कृषियोग्य सवै भूभागमा सिचाईको बन्दोवस्त गर्नुपर्ने, उन्नत विउ विजन र प्राङगारिक मलको ब्यवस्था हुनुपर्ने साथै आधुनिक ढंगले खेतीगर्ने औजारको ब्यवस्था गर्न राज्यले ध्यान दिनु जरुरी छ ।

No comments:

Post a Comment