Friday, June 7, 2013

केभिएस पत्रकार सम्मेलन विद्यार्थीले उचित शिक्षालय र विषय छनौट गरौं

वर्ष १०, अंक १० (२०७० जेठ २४ गते शुक्रबार प्रकाशित)

केभिएस पत्रकार सम्मेलन

विद्यार्थीले उचित शिक्षालय र विषय छनौट गरौं

    कीर्तिपुर । एसएलसी दिएर वसेका  विद्यार्थीहरुको सुनौलो भविष्य सुनिश्चित गर्न उचित शिक्षालय र उचित विषय छनौट गर्ने बातावरण कीर्तिपुर स्वयंसेवक समाजले शिक्षाप्रतिको दयित्वलाई नवौं पटक निरन्तरता दिएको छ । यही २५ गते शनिवार केभिएसको आयोजनामा नवौं शैक्षिक प्रदर्शनी तथा परामर्श कार्यक्रमको लागि सम्पूर्ण तयारी पुरा गरेको र शैक्षिक प्रदर्शनी सम्बन्धी ब्यापक प्रचार गर्न कीर्तिपुरस्थित कीर्तिपुर प्यालेसमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका कार्यक्रम संयोजक सरलगोपाल महर्जनले पत्रकार माझ स्पष्ट पार्नुभएको हो । कीर्तिपुर नयाँबजार स्थित नगरमण्डप श्री कीर्ति विहारको परिसरमा विहान १० बजेदेखि४ बजेसम्म हुने सो प्रदर्शनीमा काठमाडौं र ललितपुरका १८ वटा उच्च मावि तथा क्याम्पसको सहभागिता रहने जनाएको छ ।
     परामर्श कार्यक्रम असार १ गते संस्थाको कार्यालयमा विद्यार्थीहरुको नामदर्ता अनुसार बढीमा २० जनालाई मानविकी, ब्यवस्थापन, विज्ञान, शिक्षा, ईन्जिनियरिङ, नर्सिङ संकायवारे विज्ञद्वारा गराइने जानकारी दिनुभयो ।
    कार्यक्रममा पत्रकारहरुको जिज्ञासा स्वयंम्सेवक समाजका अध्यक्ष प्रज्ज्व्ल प्रधान र संयोजक सरगोपाल महर्जनले प्रष्ट पार्नुभएको थियो ।

No comments:

Post a Comment