Wednesday, October 16, 2013

गरिवी सर्वेक्षण २५ जिल्लामा सम्पन्न

वर्ष १०, अंक २४ (२०७० भाद्र २८ गते शुक्रबार प्रकाशित)

गरिवी सर्वेक्षण २५ जिल्लामा सम्पन्न

    गरिव घर परिवार पहिचान र परिचयपत्र ब्यवस्थापन तथा वितरण कार्यक्रम अन्तर्गत सहकारी तथा गरिवी निवारण मन्त्रलयले २५ जिल्लामा सर्वेक्षण कार्य सम्पन्न गरेको छ ।
    भाद्र २४ गते सूचना तथा संचार मन्त्रालयको सभा कक्षमा सूचना विभागद्वारा आयोजित पवक्ता पत्रकार भेटघाटमा सहकारी तथा गरिवी निवारण मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण सुवेदीले सो जानकारी गर्नु भएको हो ।
    हालसमम बझाङ, बाजुरा, अछाम, कैलाली, कालिकोट, मुगु, हुम्ला, जुम्ला , रोल्पा , रकुकम जाजरकोट, बर्दिया, गोरखा, तनहुँ , कपिलवस्तु, वाग्लुङ, अर्धाखाँची, सिन्धुली, रौतहट, भोजपुर, खोटाङ, र सिरहामा घरधुरी सर्वेक्षँण सम्पन्न गरेको छ ।
    थप ५० जिल्लामा कार्यक्रम विस्तारका लागि अर्थ मन्त्रालयसँग बजेट माग भैसकेको र आवश्यक ब्यवस्था पछि ती जिल्लामा पनि घरधुरी सर्वेक्षण गर्ने प्रवक्ताले बताउनुभयो ।
   वहाँले गत बर्ष २०६९÷०७० मा ३ हजार सहकारी संस्था दर्ता भएकोमा ४२० वटा विघटन र २९ वटा एकीकरण भएको पनि जनाउनुभयो । साथै सहकारीले ५ करोड भन्दा बढी कारोवार गर्ने संस्थाको अनुगमन गर्ने क्रममा ८४ वटा वचत सहकारी संस्थाको अनुगन गरेको बताउनुभयो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete