वर्ष ९, अंक ४९ (२०६९ चैत्र ९ गते शुक्रबार प्रकाशित)
रेग्मी स्वतन्त्र हो कि कठपुतली ?
प्रमुख दलहरुको असफलताको कारण अन्तरिम निर्वाचन परिषद्का अध्यक्ष बनाइएका खिलराज रेग्मी कठपुतली अध्यक्ष बनेका छन् भनेमा केही फरक परेन ।
एक महिनासम्म प्रस्तावित प्रमको नाम चर्चामा रहँदा केही नबोल्नु भएका रेग्मीले भारतीय दूतसँग भेटसँगै स्वतन्त्र र स्वाभिमान सम्पन्न बन्न चाहेका रेग्मी अध्यक्ष बनेको मसी नसुक्दै स्वतन्त्र बन्न सकेन ।
दलीय संयन्त्रको निर्देशनमा नरही स्वतन्त्र ढंगले काम गर्ने प्रतिबद्धताका साथ अध्यक्ष बनेका रेग्मी नुनको सोझो गर्दैछन् ।
रेग्मी सहितको ११ सदस्यीय मन्त्रीमण्डल ४ दलीय संयन्त्रको प्रत्यक्ष निर्देशनमा गठन भएको छ ।
अब लोकसेवा आयोग, निर्वाचन आयोग, अख्तियार अनुसन्धान आयोग लगायतका आयोगमा आयुक्त नियुक्ति पनि त्यही दलको सिफारिसमा नियुक्त गर्दैछन् । चुनावी सरकारको अध्यक्ष भनेर कितानीका साथ ४ दलले गरेको सहमतीय सरकारले कर्मचारी बढुवा गर्न पनि बाँकी राखेनन् ।
साँच्चै यो राष्ट्रमा प्रमुख सत्तारुद दलहरुको बदमासी र बेइमानीलाई ठीक ठाउँमा ल्याउने हो भने रेग्मी सरकार उदाहरणीय शासन गर्नबाट चुक्नु हुँदैन ।
उदाहरणीय, अनुकरणीय, स्वच्छ र निष्पक्ष सरकार तब हुन्छ जब स्वतन्त्र विवेकले काम गरी सर्वमान्य नीति, नियम र स्वच्छ शासन गर्दछ । तर चुनावी प्रधानमन्त्री र मन्त्रीहरु आफैले सरकार र दलहरुको संयन्त्र पर्याय भनेका छन् । त्यसकारण यो सरकार स्वतन्त्र नभई श्री ४ को कठपुतली सरकार साबित भएको छ ।

No comments:
Post a Comment