वर्ष ९, अंक ५० (२०६९ चैत्र १६ गते शुक्रबार प्रकाशित)
स्ववियु निर्वाचन माग गर्दै रिले अनसन
काठमाडौं । स्ववियु निर्वाचन तत्काल घोषणा गर्न माग राख्दै नेविसंघ त्रिविवि क्याम्पस इकाई समितिले रिले अनसन जारी राखेको छ । संघले अविलम्व निर्वाचन सुनिश्चित गर्न माग राख्दै तीन दिनदेखि त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयमा रिले अनसन गर्दै आएको हो ।
विभिन्न बहानामा विद्यार्थीको मौलिक अधिकार कटौती गर्ने प्रावधान खारेज गर्न उनीहरुले ध्यानाकर्षण गरेका छन् ।
माग पूरा नभए आमरण अनसनमा बस्ने चेतावनी अनसनकारीहरुको छ ।
विभिन्न बहानामा विद्यार्थीको मौलिक अधिकार कटौती गर्ने प्रावधान खारेज गर्न उनीहरुले ध्यानाकर्षण गरेका छन् ।
माग पूरा नभए आमरण अनसनमा बस्ने चेतावनी अनसनकारीहरुको छ ।
No comments:
Post a Comment