वर्ष ९, अंक ५० (२०६९ चैत्र १६ गते शुक्रबार प्रकाशित)
कीर्तिपुर कप बास्केटबल प्रतियोगिता जारी
गुरुकुल अग्रस्थानमा
कीर्तिपुर । नयाँबजार क्लव कीर्तिपुरको आयोजनामा संचालित कीर्तिपुर कप प्रतियोगिताको दोस्रो चरणको लिग खेलहरु जारी छन् । प्रत्येक साताको शनिबार कीर्तिपुरस्थित सामुदायिक बास्केटबल कोर्टमा भइरहेको खेलमा १० गते शनिबार भएको खेलमा गुरुकुलले नासालाई ८६–६७ अंकले पराजित गरे । गुरुकुलका लागि रोविन खत्री र सदिश प्रधानले २०/२० अंकको योगदान गरे ।
ह्वाइट हाउसले नयाँबजार कीर्तिपुरलाई ९६–६२ ले पराजित ग¥यो । खेलमा ह्वाइट हाउसका क्रषि रोवटसेनले २७ अंक जोड्न सफल भयो । त्यसैगरी गोल्डेन गेटले त्रिभुवन आर्मीलाई ९६–७३ ले पराजित गरे । गोल्डेन गेटका सुजन पुनले २७ अंकको योगदान गरेको थियो ।
दोस्रो राउण्डको लिगमा १० गते सम्ममा गुरुकुल १४ अंकका साथ अग्रस्थानमा छ भने गोल्डेन गेटको १३, नयाँबजार क्लव कीर्तिपुर ११ ह्वाइट हाउस ९ र नासा ७ अंकमा रहेको छ । भोलि शनिबारको खेलमा कीर्तिपुर र गुरुकुल, नासा र गोल्डेन गेट र ह्वाइट हाउस र त्रिभुवन आर्मीबीच हुनेछ ।
शनिबारको खेल डबल लिगको दोस्रो अन्तिम खेल हो भने लिग चरणको खेल २४ गते शनिबार समाप्त हुनेछ ।
डिजिटल स्कोरमा डबल रोविन लिगको आधारमा खेलाइएको सो प्रतियोगितामा उच्च अंक प्राप्त गर्ने चार टिम सेमिफाइनलमा प्रवेश गर्नेछ ।
सेमिफाइनल चैत्र २७ गते र फाइनल तथा समापन चैत्र ३१ गते हुनेछ ।

No comments:
Post a Comment