वर्ष ९, अंक ५० (२०६९ चैत्र १६ गते शुक्रबार प्रकाशित)
थ्रीस्टार लिग च्याम्पियन बन्यो
काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन सुपर लिग फुटबलको उपाधी थ्रीस्टारले जितेको छ ।
बुधबार भएको खेलमा दोस्रो स्थानमा रहेको मनाङ मस्र्याङ्दी पुलिससँग गोलरहित बराबरीमा रोकिएपछि थ्रीस्टार २ खेल अघि नै लिग च्याम्पियन बनेको हो । मनाङ बराबरीमा रोकिएपछि रंगशालामा मच्छिन्द्रविरुद्धको खेलको तयारीमा रहेका थ्रीस्टारका खेलाडीहरुले सुखी मनाएका थिए ।
८ वर्षपछि लिग च्याम्पियन बनेको थ्रीस्टारले ७५ लाख रुपैयाँ हात पारेको छ भने एएफसी प्रेसिडेण्ट कपमा नेपालको प्रतिनिधित्व गर्नेछ । यसअघि थ्रीस्टारले २०५४ र ६१ सालमा ‘ए’ डिभिजन लिगको उपाधी जितेको थियो । प्रदीप हुमागाईले क्लब सम्हालेकै वर्ष थ्रीस्टारलाई उपाधी दिलाएका हुन् ।
थ्रीस्टारको २१ खेलबाट ४२ अंक छ भने दोस्रो स्थानमा रहेको मानाङको ३८ अंक छ र एक खेल खेल्न बाँकी छ । अब मनाङको प्रतिस्पर्धा दोस्रोका लागि हुनेछ । १ खेल कम खेलेको आर्मी र न्यूरोड टिम एनआरटीको समान ३५ अंक छ भने मच्छिन्द्रको ३२ अंक छ ।
पहिलो चरणमा ७ अंकको अग्रता कायम गरेर पनि सुपर लिगमा थ्रीस्टारको उपाधी दौड लरखराएको थियो । तर, त्यसको फाइदा मनाङले उठाउन सकेन र थ्रीस्टार र फ्रेण्ड्सँग बराबरी खेल्नु नै मनाङका लागि सबैभन्दा ठूलो घाटा रहयो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङले पुलिसलाई दबावमा राखेपनि गोल गर्न सकेन । पहिलो हाफ्मा केही अबसर गुमाएको मनाङले दोस्रो हाफ्मा थप केही अवसर श्रृजना गरेपनि गोल गर्न सकेन र बराबरी खेल्दै थ्रीस्टारलाई उपाधी सुम्पिएको हो ।

No comments:
Post a Comment