Friday, April 12, 2013

लागु पदार्थ सेवन नगरौं !

वर्ष १०, अंक २ (२०६९ चैत्र ३० गते शुक्रबार प्रकाशित)

लागु पदार्थ सेवन नगरौं !

    लागु पदार्थको नाम सुन्ने बित्तिकै कुनैपनि व्यक्तिको मन झसँग हुन्छ । लागु पदार्थ समाजको कलंक भएकोले यसलाई निर्मूल पार्नु सबै सचेत नागरिकहरुको परम कर्तव्य हो । अहिले हाम्रो देश नेपालमा पनि लागु पदार्थ दुव्र्यसनीहरुको संख्या दिनानु दिन बढ्दै गइरहेको र लाखौं युवाहरु यसको नशामा डुबेर आफ्नो जीवन, घर, परिवार र समाज अनि देशलाई नै बर्बाद पारिरहेका छन् । भविष्यमा देशलाई हाक्ने युवा शक्तिले लागु पदार्थको नशामा डुबेर आफ्नो जीवन र तिनीहरुप्रति आमा–बुबाले गरेको लगानी बालुवामा पानी हाले सरह भैरहेको छ । यसैको सेवनले गर्दा समाजमा विभिन्न कुरिति र कुसंस्कारहरुको बृद्धिले चोरी, डकैती, बलात्कार, हत्या र आतंक जस्तो विभिनन घटनाहरु घटेका समाचारहरु हामीले सुन्दै र पढ्दै आएका छौं । एड्स जस्तो घाटक र डरलाग्दो रोग फैलाउने कारक तत्वको रुपमा रहेको लागु पदार्थका दुव्र्यसनीहरुलाई सो लतबाट छुटकारा दिलाउन र यसलाई रोकथाम गर्न, परिवार, समाज अनि विभिन्न संघ/संस्था तथा समाजका विभिन्न कल्वहरुले व्यापक जनचेतनाका कार्यक्रमहरु गर्नु आवश्यक देखिन्छ ।
    लागु पदार्थको दुव्र्यसन सामाजिक विकृति हो, समाजमा व्याप्त नैराश्य, अभाव, भविष्य प्रतिको अनिश्चितत, नैतिकह्रास, पश्चात्य कुसंस्कृतिको अतिक्रमण जस्ता कारणले युवाहरु यसमा आकर्षित भएको पाइन्छ । अतः लागु पदार्थको दुव्र्यसन अपराध हो, समाज विरोधी कार्य होृ भन्ने धारणा आम जनतामा पु¥याउनु पर्दछ । यसको निमित्त विद्यालय स्तरको पाठ्यक्रममा नै समावेश गरी हरेक चेतनशील नागरिकहरुलाई दुव्र्यसन विरुद्ध जागरुक बनाउन व्यापक प्रचार–प्रसार गरी अभियान कै रुपमा अगाडि बढ्नु पर्ने देखिन्छ ।
    साधारण रुपमा भन्नु पर्दा लागु पदार्थ भन्नाले जसको प्रयोग गर्दा मानिसलाई अम्मली बनाई उसको सोच्ने, बुझ्ने र सम्झने शक्तिलाई नै विफल गराई दिन्छ । त्यस्तो चीजलाई नै हामी लागु पदार्थ भनिन्छ । सोझै रुपमा भन्नु पर्दा लाग्ने पदार्थ भएकै कारण यसलाई लागु पदार्थ भनिएको हो । यस अन्तर्गत पर्ने जाँड–रक्सी, गाँजा, भाङ्ग, अफिम, चरेस, चुरोटलगायत खैनी जस्ता वस्तुहरु नै लागु पदार्थ हुन् । जाँड–रक्सी, गाँजा, भाङ्ग हाम्रो समाजमा परापूर्वकालदेखि नै प्रचलनमा आएका लागु पदार्थ हुन् ।
    नवयुगको प्रारम्भ नयाँ सहस्राब्दीबाटै हुने गर्दछ । नवयुगको आगमनको साथै पत्येक मनुष्यले सम्मुन्नत, स्वस्थ्य, सुखद र शान्तिपूर्ण जीवन बाँच्न पाउने आशा सँगालेर राख्ने गरेको हुन्छ । तर समाजमा देखिएको विकृति र बढ्दो लागु पदार्थको दुव्र्यसनले सर्वसाधारणलाई चिन्ता थप्ने तथा मानसिक रुपमा आन्दोलित गरिराखेको छ । व्यक्ति, परिवार र समाजको विकासमा मात्र राष्ट्र निर्माणको दर्शन पाइन्छ । संक्षेपमा भन्नु पर्दा मानव सभ्यताको विकास पछि मात्र राष्ट्रको निर्माण हुन सक्दछ । आज मानव सभ्यता माथि लागु पदार्थको कारणले सभ्य समाज र मर्यादित परिवारमा नै झण्डै तहसनहस हुने डरलाग्दो परिस्थिति देखा पर्ने लक्ष्ण देखिँदैछ ।
    संसारमा जति पनि जीवजन्तु छन् प्रकृतिले सबैलाई यस धर्तीमा अवतरित हुनेदेखि हुर्कने, बढ्ने, खाने र अन्त्य हुने सम्मका आ–आफ्नै नियम बनाइदिएको छ । मानिस मात्र त्यस्तो जीव हो, जसले प्रकृतिको नियमलाई सधैं चूनौती दिन्छ र पछि पछुताउँछ । सबै जीवले आफ्नो आवश्यकता अनुसार मात्र खान्छन् तर मानिस आवश्यकता भन्दा बढी खाने मात्र होइन खानका लागि जे गर्न पनि तयार हुन्छ । पहिले नसोच्ने, पछि पछुताउने मानिसले अरु जीवजन्तुको खानपानबाट पनि केही पाड सिक्नु आवश्यक देखिन्छ । हाम्रो ऐतिहासिक शहर कीर्तिपुरमा पनि लागु पदार्थ सेवन कर्ता विस्तारै संस्था बढ्दै छ । म ध्यान आकर्षित गर्न चाहन्छु, बेलैमा सचेत नागरिक, अभिभावक तथा विभिन्न संघ–संस्था, विभिन्न क्लवहरुले यसबारे चेतनामुलक कार्यक्रम गर्ने कि ?
    २१ औं शताब्दीमा बढ्दो लागु पदार्थको दुव्र्यसनले हुन सक्ने मानवीय क्षतिलाई नियन्त्रण गर्न र युवापुस्तालाई यस्ता कुलतबाट संरक्षण तथा छुट्कारा गर्ने उद्देश्यले नीजि कम्पनी फिट्नेस प्वाइन्ट ट्रेडिङ्गले पनि उचित परामर्श सहित राष्ट्रिय दैनिक पत्रिका तथा कीर्तिपुरका विभिन्न स्थानीय पत्रिकाद्वारा विज्ञापन दिई हर्वल ट्रिट्मेन्टका लागि आह्वान गरिरहेका छौं । आशा गरौं कीर्तिपुरका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनी मिलिजुली कीर्तिपुरलाई लागु पदार्थ निषेध क्षेत्र घोषणा गरी कीर्तिपुर तथा राष्ट्रका सुन्दर भविष्य युवा पुस्तालाई हस्तान्तरण गर्न सबैबाट इमान्दारीपूर्वक योगदान दियौं र यही नयाँ वर्ष २०७० को मंगलमय शुभकामना पनि छ ।
— प्रो. राजेन्द्र अमात्य
फिट्नेस प्वाइन्ट ट्रेडिङ

No comments:

Post a Comment