वर्ष १०, अंक १ (२०६९ चैत्र २३ गते शुक्रबार प्रकाशित)
कीर्तिपुरमा सहिद दिवस मनाइयो
कीर्तिपुर । २०४६ सालको जनआन्दोलनमा सहादत प्राप्त गरेका कीर्तिपुरका चार जना सहिदलगायत अन्य सहिदहरूको स्मृतिमा मङ्गलबार कीर्तिपुरमा पदयात्रा आयोजना गरियो ।
जनआन्दोलनमा कीर्तिपुर क्षेत्रबाट सहादत प्राप्त गरेका सहिदहरू हिराकाजी महर्जन, लनबहादुर महर्जन, राजमान माली र राजेन्द्र महर्जनलगायतका सहिदको स्मृतिमा सहिद स्मृति व्यवस्थापन समिति कीर्तिपुरले पदयात्राको आयोजना गरेको हो ।
पदयात्रामा विभिन्न राजनैतिक दल सहिद स्मृति व्यवस्थापन समितिका पदाधिकारी, नागरिक समाज विभिन्न विद्यालय, कलेज र संघसंस्था र सर्वसाधारणको व्यापक सहभागिता रहेको थियो ।
पदयात्रा सहिदहरूको सालिक भएको स्थल खासीबजारबाट सुरु भई कीर्तिपुर नगरका देवढोका, बाघभैरव, नयाँबजार, पाँगा हुँदै नगाउँमा पुगी समापन भएको थियो ।
पदयात्राको औपचारिक सुरुवात गर्दै सहिद स्मृति व्यवस्थापन समितिका अध्यक्ष सिद्धिकुमार महर्जन र सचिव कृष्णमान डंगोलले प्रजातन्त्रका लागि सहादत प्राप्त गरेका सहिदहरूको योगदानलाई कहिल्यै पनि भुल्न नसकिने बताउनुभयो ।
सहिद प्रतिमामा सहिदका परिवार, विभिन्न संघसंस्थाहरुले पुष्प गुच्छा चढाउँदै एक मिनेट मौन धारण गरेको थियो ।

No comments:
Post a Comment