वर्ष ९, अंक ५० (२०६९ चैत्र १६ गते शुक्रबार प्रकाशित)
एसएलसी परीक्षापछिः अब के गर्ने ?
झण्डै १३ देखि १५ वर्षसम्म विद्यालय जाने नियमित समय तालिकाबाट केही समयका
लागि एसएलसी दिएका विद्यार्थीहरु चैत्र ९ बाट मुक्त भयो होलान् । नेपाली
समाजमा अझसम्म पनि एसएलसीलाई जीवनकै कोशेढुङ्गा मान्ने मानसिकताका कारण ती
विद्यार्थीहरुले परीक्षा सकाएर जीवनकै एउटा महत्वपूर्ण यात्रा खण्ड फत्ते
गरेको पनि महसुस गर्लान् । अझ ९ कक्षा पुग्दादेखि जताततैबाट ‘एसएलसीमा
राम्रो गर्नुपर्छ’, ‘एसएलसीको तयारी गर’, ‘ट्युशन जा’, ‘अतिरिक्त कक्षा पढ’
जस्ता अर्ती–उपदेश र सल्लाहबाट आजीत विद्यार्थीहरु परीक्षा सकाएर अब
त्यस्ता दिक्क लाग्दा कथनहरुबाट मुक्त भएको पनि महसुस गर्लान् । कतिले अब
सानोतिनो काममा लागेर आफ्नो परिवारको आर्थिक अवस्था उकास्ने ढोका खुलेको
पनि सोच्लान् । धेरैले धेरै थरी सपना देख्लान्, योजना बनाउलान् । तर
परीक्षा त सकियो, अब परीक्षा फल नआउञ्जेल के गर्ने होला भन्ने तड्कारो
प्रश्नले भने सबैजना अल्मलिनु स्वाभाविक हो । शून्य समयजस्तै हुने झण्डै
३–४ महिनाको समयावधिमा के गर्ने ?
पहिले–पहिले एसएलसीमा
पाएको प्राप्ताड्ढका आधारमा एसएलसीको विषय छनोट हुने गथ्र्याे । तर अब
स्थिति त्यस्तो रहेन । आफ्नो क्षमता र रुचि नै विषय छनोटको आधार बनाइनुपर्छ
। त्यसैले यो खाली समयमा विद्यार्थीहरुले भोलि आफूले पढ्ने विषयको जग
बलियो बनाउने खालका शैक्षिक कार्यक्रमहरुमा सामेल हुनु उचित हुन्छ । आजभोलि
त्यस्ता शैक्षिक कार्यक्रमहरुलाई ब्रिज कोर्ष भन्ने गरिन्छ । विशेषतः
विज्ञान संकायका लागि त्यस्ता कार्यक्रम चलनचल्तीमा छन् । त्यसो भए विज्ञान
संकाय पढ्न नचाहने विद्यार्थीले के गर्ने त ?
एसएलसी परीक्षा
दि“दै गर्दा विद्यार्थीले आफू कुन विषयमा कमजोर हो, लगभग बुझिसकेको हुन्छ ।
त्यसकारण यो अवधिलाई आफू कमजोर रहेको विषयमा बलियो जग बनाउने समयका रुपमा
उपयोग गर्नुपर्छ । ‘एसएलसी सकिहाल्यो, अब ती विषयहरु किन पढ्नुप¥यो र ?
प्लस टूमा म आफू राम्रो रहेको विषय छाने त समस्या सकिहाल्यो नि ।’ भनी
सोच्ने विद्यार्थीहरु पनि होलान् । तर हामीले के कुरामा हेक्का राखौं भने
एसएलसी तहसम्म हामीले पढेका जति पनि विषयहरु छन्, ती जीवनकै आधार विषयहरु
हुन् । जीवनको कुनै पनि बेला तिनको आवश्यकता पर्नसक्छ । तसर्थ भोलि हामीले
जुनसुकै विषयमा विशेषज्ञता हासिल गरे पनि ती विषय र पाठहरुको जरुरत
पर्नसक्छ । त्यसैले आफू कमजोर विषयहरुको पुनःअध्ययन जीवनभरकै लागि उपयोगी
हुनसक्छ । तर व्यवहारमा यो अलि झ्याउलाग्दो काम भने पक्कै हो ।
अब हामी यो अवधिमा गर्न सकिने केही कामबारे बु“दागत चर्चा गरौं । यी
कामहरुले प्रत्यक्ष वा परोक्ष हाम्रो जीवन र शैक्षिक जीवनमा सहयोग गरिरहेको
हुनसक्छ ।
क) पुस्तक अध्ययन : आजको पुस्ताको पुस्तक–प्रेम निकै
आकर्षक छ । पुस्तक मेलाहरुमा देखिने युवा–युवती र किशोर–किशोरीहरुको भीड
यसको बलियो प्रमाण हो । एसएलसी दिएका विद्यार्थीहरुले पनि यो क्रममा धेरै
राम्रा–राम्रा पुस्तकहरुबारे सुनेको हुनुपर्छ, पुस्तक परिचयहरु पढेको
हुनुपर्छ र आफूलाई पनि कति बेला परीक्षा सकाएर ती पुस्तकहरु पढुँजस्तो
लागेको हुनुपर्छ । परीक्षा, गृहकार्य, विद्यालय जानु, प्रयोगात्मक परीक्षा,
कार्यपत्र लेखन केही कुराले अहिले बिथोल्ने छैन । यो अवधिमा एसएलसी दिएका
विद्यार्थीहरुले जतिसक्दो राम्रा–राम्रा पुस्तकहरु पढ्नु उचित होला । त्यसो
गर्न सके भविष्यमा उनीहरुको सोच्ने शैली बृहत् र गम्भीर हुनेछ ।
पुस्तक छनोटका समस्याले भने उनीहरुलाई पक्कै सताउनेछ – कस्तो वा कुन
पुस्तक पढ्ने ? त्यो सम्बन्धमा शिक्षक वा जाने–बुझेको अभिभावकको सल्लाह
उपयुक्त होला । कतिपयलाई किताबका पाना पल्टाउन झ्याउ लाग्न सक्छ वा आफूले
चाहेको पुस्तक कहाँ–कुन ठाउँमा किन्ने थाहा नहुन सक्छ । इन्टरनेटको पहु“च
भए उनीहरुले ई–बुकमार्फत् पुस्तकहरु पढ्नु पनि उचित हुनसक्छ ।
यो अवधिमा पुस्तक पढ्ने बानी बसाल्न सके जीवनभरका लागि त्यो उपयोगी हुनेछ ।
ख)
भ्रमण : एसएलसी सकिएपछि धेरैले गर्न रुचाउने काम भनेको भ्रमण हो । भ्रमण
मनोरञ्जनस“ग मात्र सीमित विषय होइन । भ्रमण ज्ञानार्जनस“ग पनि गा“सिएको
विषय हो । त्यसैले यो अवधिलाई घुमेर पनि उपयोग गर्नसकिन्छ । तर हामीले
त्यस्तो घुमाइ घुम्नु हुन्न जसको कुनै प्रयोजन नहोस् । प्रयोजनसहितको भ्रमण
ज्ञानार्जनसँग गाँसिएको हुन्छ । पुस्तकहरुमा शब्दले चिनाएका ठाउ“हरु आफ्नै
आ“खासामु हेर्ने यो राम्रो अवधि हो । तर हाम्रो भ्रमण फजुल खर्चालु भने
हुनुहुन्न । भ्रमणले पनि हामीलाई जानकार र व्यापक बनाउने गर्दछ ।
ग)
कार्यक्रमहरुमा सहभागिता : धेरै दिनको भ्रमणमा जान हामीस“ग आर्थिक समस्या
हुनसक्छ अथवा हामीलाई घर छोड्न असहज हुनसक्छ अथवा त्यस्तो भ्रमणमा जाने
साथी–संगीको पनि अभाव हुनसक्छ । त्यसो भए हामी सानो–तिनो अवलोकन भ्रमणमा
पनि सहभागी बन्नसक्छौं । जस्तै : यो अवधिमा हुने चित्रकला प्रदर्शन, फोटो
प्रदर्शन, पुस्तक मेला, कला प्रदर्शनहरुमा हामी सहभागी बन्नसक्छौं ।
त्यस्तै विभिन्न ठाउ“मा मञ्चन गरिने नाटक एवं राम्रा चलचित्र
प्रदर्शनीहरुमा पनि हामी सहभागी बन्नसक्छौं । विभिन्न समयमा हुने साहित्यिक
एवं सांस्कृतिक गतिविधिमा पनि सरिक हुनसक्छौं । यस्ता क्रियाकलापमा हाम्रो
सहभागिताले हामीलाई सिर्जनशील र व्यापक दृष्टिकोणको बन्न मद्दत गर्छ ।
त्यस्तै एसएलसीको नतिजापछि कुन विषय पढेपछि के–कस्ता सम्भावना हुन्छन्
भन्ने विषयमा शैक्षिक परामर्श कार्यक्रमहरुमा पनि सहभागी बन्नु उपयोगी
हुनेछ ।
घ) आजभोलि सहरी जीवनमा धेरै किसिमका आवश्यकताहरु बढिरहेका
छन् । कतिपय त्यस्ता कामहरु हामीले नसिके हामी अरुको तुलनामा केही पाइला
पछाडि पर्छौं । जस्तै ः कम्प्युटरसम्बन्धी ज्ञान । यो अवधिमा हामीले यी र
यस्तै अरु काम सिक्नमा समयको सदुपयोग गर्नसक्छौं । विश्वव्यापी आवश्यकतालाई
मनमा राखी हामी कुनै एउटा विदेशी भाषा सिक्नसक्छौं । त्यसो त तीन–चार
महिनामा कुनै विदेशी भाषा सिक्न सकिन्न तर त्यसको सुरुवात भने गर्नसक्छौं ।
ङ)
स्वयंसेवी काम : यो अवधिमा हामीले आफ्नो समयलाई कुनै स्वयंसेवी काममा
लगाउन सक्छौं । जस्तै : कसैले आफ्नो घर–छिमेकको कुनै सार्वजनिक विद्यालयमा
पढाउनसक्छ । काठमाडौं उपत्यकामा ट्राफिक समस्या दिनानुदिन बढ्दो छ ।
त्यसैले यो समयावधिमा कुनै सम्बन्धित संस्थास“ग मिलेर आफ्नो सहर–बजारका
खोलाहरु निकै फोहर छन्, तिनलाई सफा गर्ने अभियान चलाउन सक्छौं । कुनै
रोगबारे जनचेतना वा स्वास्थ्य शिविर चलाउन सक्छौं ।
च) अनुसन्धान :
कतिपय विद्याथीहरु अनुसन्धानमा रुचि राख्ने हुन्छन् । कक्षा ९ र १० मा
सामाजिक शिक्षाअन्तर्गत गरेका खोज–अनुसन्धानका कामले उनीहरुको मनमा त्यस्ता
कामप्रति आकर्षण बढाएको हुनसक्छ । त्यसैले हामीले यो अवधिलाई कुनै विषयमा
अनुसन्धान गरेर उपयोग गर्नसक्छौं । जस्तै केही वर्ष अगाडि भक्तपुरका केही
छात्राहरु मिलेर विजया दशैंको नवमी र दशमीका दिनमा हुने पशुबधको कूल आर्थिक
मूल्य कति होला र त्यो मूल्यले ख्वप कलेजजस्ता कतिवटा कलेज स्थापना
हुनसक्छन् भन्ने विषयमा अनुसन्धान गरी ज्यादै रोचक निचोड निकालेका थिए ।
त्यसै गरी हामीले पनि कुनै रोचक विषयमा अनुसन्धान गर्नसक्छौं । आफ्नो
टोल–छिमेकमा प्रायशः दुःख दिने रोग र त्यसको कारण, हाम्रा प्रायशः
साथीहरुले पढ्न चाहेको संकाय र त्यसको कारण, हाम्रा विद्यालयहरुमा प्रायशः
विद्यार्थीहरुले पढ्ने अखबार र त्यसभित्रका स्तम्भहरु, हाम्रा साथीहरुले
बढी पढेका पुस्तक वा लेखक आदि स–साना विषयहरु पनि हाम्रो अनुसन्धानको विषय
बन्नसक्छ । हाम्रो अनुसन्धानमा सम्बन्धित विषयका ज्ञाता वा व्यावसायिक
अनुसन्धानकर्ताहरुले गर्नेजस्तो निखार नआउन सक्छ । यद्यपि यो काम हामीले
गर्नसक्ने सबभन्दा सिर्जनशील कामभित्र पर्नसक्छ ।
यति लामो
गन्थनपछि पनि एउटा कुरा के सत्य हो भने अर्ती धर्तीको पनि सुन्नू, निर्णय
आफ्नो विवेकले गर्नू । माथि चर्चा गरिएका कामहरु सम्भावना र विकल्पका
कुराहरु भए । ‘यस्तो पनि हुनसक्छ है’ भन्ने कुरामात्र भए । मुख्य कुरा
आफूले गर्ने निर्णयमा भरपर्छ । जस्तै निर्णय गरे पनि त्यो रचनात्मक,
समाज–उपयोगी र भविष्यमा आफ्नो कामण्मा सहयोग पु¥याउने खालको हुनुप¥यो ।
एउटा भनाइ छ – ‘शून्य दिमाग भूतको घर' (Ideal Mind is devil workshop) हाम्रो यो अवधि त्यस्तो हुनुभएन । साथी संगतिको लहलहैमा
असामाजिक, विकृति र उच्छृङ्खल काममा हामी फस्नु भएन ।
— आसलाल
No comments:
Post a Comment