Friday, April 5, 2013

कीर्तिपुर–दैलेख सम्पर्क समिति गठन

वर्ष ९, अंक ५० (२०६९ चैत्र १६ गते शुक्रबार प्रकाशित)

कीर्तिपुर–दैलेख सम्पर्क समिति गठन

    कीर्तिपुर । नेपाल क्रान्तिकारी विद्यार्थी संघसँग आवद्ध दैलेखबाट काठमाडौं कीर्तिपुरमा रहनु भएका अध्ययनरत विद्यार्थीहरुको भेलाबाट नेक्राविसंघ कीर्तिपुर–दैलेख सम्पर्क समिति गठन गरेको छ ।
    नेक्राविसंघ त्रिविविका विद्यार्थी नेत्र थापाको संयोजकत्वमा आठ सदस्यीय सो समितिमा सचिवमा नरेश शाही र सदस्यहरुमा प्रितम खत्री, विमल दाहाल, नरेन्द्र दाहाल, खगेन्द्र दाहाल, वेद प्रसाद रेग्मी र हृदयन्द्र दाहाल चयन भएका छन् ।
    नेमकिपा काठमाडौं जिल्ला अध्यक्ष नारायण महर्जनको उपस्थितिमा भएको भेलामा वहाँले विद्यर्थाीहरु अध्ययनमा निरन्तर लागेझैं विद्यार्थीको हकहित र संगठनको विकासमा पनि निरन्तर लाग्नु पर्नेमा जोड दिनुभयो ।
    कार्यक्रममा नेमकिपाका पूर्व केन्द्रीय सदस्इ प्रशान्त महर्जनले पार्टीको अनुभव बताउनुभयो र सक्रिय राजनीति गर्न आग्रह गर्नुभयो ।
    नेक्राविसंघमा केन्द्रीय सह सचिव सरोज शाहले हरेक जिल्लाको सम्पर्क समिति निर्माण गर्दै एक आपसमा सहयोग र समन्वय गर्दै कार्यक्रम गतिविधवि अगाडि बढाउनु पर्ने बताउनुभयो ।
    कार्यक्रम दैलेख काठमाडौं सम्पर्क समितिका अधयक्ष पद्म थापाको सभापतित्वमा भएको थियो ।
    कार्यक्रम शनिबार भएको थियो ।

No comments:

Post a Comment