वर्ष ९, अंक ५० (२०६९ चैत्र १६ गते शुक्रबार प्रकाशित)
सर्वसाधारणलाई वाइम्याक्स सेवा
काठमाडौं । नेपाल टेलिकमले सर्वसाधारणलाई पनि वाइम्याक्स सेवा उपलब्ध
गराउन सुरु गरेको छ । नेपाल टेलिकमले मुलुकभर द्रुतगतिको ब्रोडब्याण्ड
इन्टरनेट वाइम्याक्स (WiMAX) सेवा बुधबारदेखि सर्वसाधारण ग्राहकहरुलाई
पनि वितरण गर्न थालेको हो ।
कम्पनीले एयरम्याक्स टेक्नोलोजी
प्रा.लि. र युनिटेक नेटवर्क प्रा.लि.को सहकार्यमा सर्वसाधारण उपभोक्तासमक्ष
वाईम्याक्स सेवा आपूर्ति गर्न थालेको हो ।
युनिटेक र
एयरम्याक्सले उपत्यकाभित्र काठमाण्डौंको पुतलीसडक, नयाँ बानेश्वर, कुपण्डोल
र दरवारमार्गमा नेपाल टेलिकम ग्राहक सेवा केन्द्र सञ्चालमा ल्याएका छन् ।
कम्पनीको वाईम्याक्स सेवा हाल कर्णाली अञ्चलवाहेक मुलुकका १३ अञ्चलका ४९
जिल्लामा सञ्चालनमा आइसकेको कम्पनीले जनाएको छ । बाँकी स्थानमा आगामी २
महिनाभित्र सेवा सञ्चालनमा ल्याउने योजनाअनुरुप हाल उपकरण जडानको कार्य
भइरहेको पनि टेलिकमले उल्लेख गरेको छ ।
कम्पनीले गत कार्तिक २७
गतेदेखि पहिलो चरणमा संघसंस्थालाई यो सेवा उपलब्ध गराउँदै आएको थियो ।
कम्पनीले महिना दिनको ५ जिबीको लागि ६ सय ५१ रुपैयाँदेखिको इन्टरनेट
प्याकेज ल्याएको छ ।
No comments:
Post a Comment