Friday, April 5, 2013

जह्रुँहिटी आमा समूह साधारण सभा सम्पन्न

वर्ष ९, अंक ५० (२०६९ चैत्र १६ गते शुक्रबार प्रकाशित)

जह्रुँहिटी आमा समूह साधारण सभा सम्पन्न

    पाँगा, कीर्तिपुर । जह्रुँहिटी आमा समूह लखु महाँवोको पाँचौं वार्षिक साधारण सभा ललितपुर बज्रबाराही मन्दिर परिसरमा वनभोज गरी मनाइयो ।
    समूहका अध्यक्ष अष्टमाया महर्जनको सभापतित्वमा भएको सभामा सचिव मिरिना महर्जन, कोषाध्यक्ष रविता मजर्हनले संस्थाको आयव्यय प्रस्तुत गर्नुभएको थियो ।
    सो भेलाबाट पुनः अष्टमाया महर्जनको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मतिबाट चयन गरिएको थियो । त्यस अवसरमा विभिन्न आकर्षक खेल र रोमाञ्चक गीतको धुनमा रमाइलो गरेको थियो ।

No comments:

Post a Comment