वर्ष ९, अंक ५० (२०६९ चैत्र १६ गते शुक्रबार प्रकाशित)
हरिसिद्धि जात्रा
प्रत्येक वर्ष होली पूर्णिमाको दिन हरिसिद्धि (जलः) मा जात्रा हुने गर्दछ ।
यहाँको जात्राको महत्व र ऐतिहासिकता बेग्लै छ । उपत्यकका प्रायः गाउँ,
शहरमा खट, रथको जात्रा हुन्छ भने यहाँ देवी देवताको जात्रा हुने गर्दछ ।
हरिसिद्धि लाछीमा द्ये छेँ (देवताको घर) छ । द्ये छेँबाट निस्केर एउटै
ठाउँमा दिनभर देवी देवताको नाच हुन्छ । जसलाई हरिसिद्धि जात्रा भनिन्छ ।

No comments:
Post a Comment