Friday, April 5, 2013

मन्त्रालय प्रवक्ताबाट जवाफै आउँदैन

वर्ष १०, अंक १ (२०६९ चैत्र २३ गते शुक्रबार प्रकाशित)

मन्त्रालय प्रवक्ताबाट जवाफै आउँदैन

    सूचना विभागको आयोजनामा सूचना तथा संचार मन्त्रालयको सभा कक्षमा हरेक सोमबार मन्त्रालयका प्रवक्ता–पत्रकार भेटघाट कार्यक्रम संचालनमा छ ।
    नेपाल सरकारको गतिविधि, निर्णय मन्त्रालय मार्फत पत्रकारहरुबीच अन्तरक्रिया गरी जनमानसमा सूचना प्रवाह गर्ने उद्देश्यले गरेको सो कार्यक्रम प्रशसनीय छ ।
    सूचना विभागलाई कार्यक्रमको आयोजना गर्नुभएकोमा धन्यवाद दिनै पर्दछ ।
    सूचना तथा संचार छापा माध्यम या विद्युतीय माध्यमबाट प्रचारप्रसार र प्रसारण गर्न पत्रकार तयार भएर कम्तिमा ३ दर्जन पत्रपत्रिका र विद्युतीय पत्रकारका प्रतिनिधिहरुको भेटघाटमा मन्त्रालयका प्रवक्ताहरुबाटै खासै जवाफ आउने गरेको छैन ।
    सूचना विभाग, मन्त्रालयका प्रवक्ता र संचार क्षेत्रलाई अझ प्रभावकारी बनाउन नेपाल सरकारको चाहना र इच्छा हुँदा पनि मन्त्रालयका प्रवक्ताहरु गम्भीर बन्न सकेका छैनन् ।
    सूचना विभाको आग्रह र पत्रकारको जिज्ञासालाई सम्बोधन गर्न मन्त्रालयका प्रवक्ता उपस्थित हुँदा प्रभावकारी हुने, गतिविधिका डकुमेन्टमा कार्यालयको छाप र हस्ताक्षरसहित आउनु हुन पटक पटकको आग्रह पनि लागु हुन सकेको छैन ।
    गएको सोमबार स्वास्थ्य मन्त्रालय र भौतिक सहरी विकासका प्रतिनिधि त ‘एक बाह्य मात्र’ प्रयोग गरी खाली उपस्थित मात्र जनाए । कसैले हस्ताक्षर र कार्यालयको छाप नभएको डकुमेन्ट बाँड्न लगाए भने कसैले गतिविधि भन्दा बढी व्याख्या गर्न पनि प्रवक्ता चुकेनन् ।
    पत्रकारको जिज्ञासा र सुझाव प्रवक्ता तुरुन्त जवाफ दिन मान्दैन । मन्त्रालयको प्रवक्ता नै जवाफ दिन आनाकानी गर्छन् भने सह–प्रवक्ता र प्रतिनिधि मात्र आउँदा अकमकिनु अस्वभाविक छैन ।
    म एक पत्रकारको नाताले नियमित सहभागी भै मन्त्रालयको गतिविधि छापा माध्यमबाट सार्वजनिक गर्ने भएकोले सूचना विभागकै आग्रह अनुसार प्रवक्ता आफ्नो डकुमेन्ट, छाप र हस्ताक्षरसहित पत्रकारको हरेक जिज्ञासा सम्बोधन गर्न सक्ने गरी उपस्थित हुन अनुरोध गर्दछु ।

No comments:

Post a Comment