वर्ष १०, अंक १ (२०६९ चैत्र २३ गते शुक्रबार प्रकाशित)
जलस्रोतको धनी देशमा देश अन्धकार
भारतबाट आयातित १५० मेवाको मूल्य कति ?
जलस्रोतको धनी देशमा पानीबाट विद्युत निकाल्न सक्ने प्रशस्त सम्भव हुँदा हुँदै पनि देश अन्धकारमा पु¥याएको छ ।
विजुली उत्पादनको प्रतिबद्धता व्यक्त गर्न सरकार कोही भन्दा कोही कम छैन ।
वार्षिक १० हजार, २० हजार उत्पादन गरी देश झिलीमिली पार्छु भन्ने प्रतिबद्धता व्यक्त गर्दा गर्दै सरकारहरु डाँडा काटिसकेका छन् ।
सरकार, विद्युत प्राधिकरणले १०, २० हजार मे.वा.को कुरा होस् देशलाई अहिले ४४० मे.वा.मात्र उत्पादन गरी अन्धकार हटाउने प्रयास गरेमा उर्जा मन्त्रालय स्यावासीको भागीदार हुनेथ्यो ।
देशमा अहिले विद्युतको उच्च माग ९६५ मे.वा. रहेको छ । सरकारको उत्पादन (ने.वि.प्रा.) जम्मा २९६ मे.वा. मात्र, निजी क्षेत्रको माग ८० मे.वा. छ भने मित्र राष्ट्र भारतबाट १५० मे.वा. आयात (किनेको) गरेको छ । चैत्र १९ गते उर्जा मन्त्रालयका प्रवक्ता परुषोत्तम आचार्यले प्रवक्ता भेटघाटमा भारतबाट आयातित १५० मे.वा.को वार्षिक मूल्य कति भन्ने सहिद पत्रिकाको प्रश्नको जवाफ दिन सकेनन् ।
हामीले सुनिरहको छौं, भोगिरहेका छौं नेपालमा उत्पादन गरेर वितरण गरेको प्रति युनिट मूल्यभन्दा झण्डै बढी मूल्य तिर्नु परिरहेको छ ।
आयात गर्दा पाउने सुविधाहरु कसकसले पाउने हो भन्ने कुरा पनि धेरै पटक चर्चा चलेकै कुरा हो ।
भारतसँग आयात गरेको यो पहिलो पटक होइन तै पनि उर्जा प्रवक्तालाई आयातित १५० मे.वा.को लाग्ने रकम त्यहीँको त्यहीँ जवाफ दिन आँट गर्दैनन् ।

No comments:
Post a Comment