Friday, April 5, 2013

८ वटा टेलिभिजन प्रसारण रद्द

वर्ष १०, अंक १ (२०६९ चैत्र २३ गते शुक्रबार प्रकाशित)

८ वटा टेलिभिजन प्रसारण रद्द

    नेपालमा २०६९ फागुन महिनासम्मको टेलिभिजनको इजाजत संख्या ३१ वटा रहेकोमा २३ वटा मात्र संचालनमा रहेको छ ।
    मंसीरसम्म ३९ रहेकोमा राष्ट्रिय प्रसारण नियमावली २०५२ ले तोकेको अवधीभित्र प्रसारण प्रारम्भ नगर्ने संस्थाहरुको इजाजत पत्र स्वतः रद्द हुने प्रावधानअनुसार माघ ७ गते सूचना तथा संचार मन्त्रालयको निर्णयअनुसार ८ वटा टिभि प्रसारण रद्द गरेको छ ।
    ग्लोबल नेपाल नेटवर्क सनराइज टेलिभिजन प्रा.लि., भूमि टेलिभिजन नेटवर्क प्रा.लि., भ्वाइस अफ युथ टेलिभिजन, म्यूजिक टेलिभिजन नेपाल, एरिना टेलिभिजन प्रा.लि., मकालु मिडिया प्रा.लि. र मधेशका लागि सनंचार रहेका छन् ।
    सोमबार सूचना तथा संचार मन्त्रालयका प्रवक्ता नारायण प्रसाद सञ्जेलले दिनुभएको जानकारी अनुसार डिटिएच (स्याटेलाइट वितरण प्रणाली) १ वटा, डाउनलिङ्क ८४ वटा, एफएमतर्फ ४८८ वटामा अनुमति दिएकोमा ३६१ वटा प्रसारणमा रहेको र केवुल प्रसारण अनुमति ७७१ वटा दिएको छ ।

No comments:

Post a Comment