Friday, April 5, 2013

नारी दिवसको अवसरमा विचार गोष्ठी सम्पन्न

वर्ष ९, अंक ५० (२०६९ चैत्र १६ गते शुक्रबार प्रकाशित)

नारी दिवसको अवसरमा विचार गोष्ठी सम्पन्न

    काठमाडौं । नेपाल मानव अधिकार संगठन कीर्तिपुर शाखाको आयोजनामा कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाको सहयोगमा कीर्तिपुरमा महिला हिँसा रहित समाज निर्माणको लागि महिलाहरुको भूमिका विषयक एक दिने विचार गोष्ठी शुक्रबार कीर्तिपुर पार्टी प्यालेसमा सम्पन्न भयो ।   
    कार्यक्रममा प्रमुख अतिथि नेपाल मानव अधिकार संगठन केन्द्रीय अध्यक्ष सुदिप पाठकले महिलाहरुको हक अधिकार सुनिश्चित गर्न महिलाको कर्तव्यबारे अवगत गराउँदै महिलाहरु जागरुक हुनुपर्ने बताउनुभयो । आधा आकास धाकेकी महिलाहरु हरेक क्षेत्रमा सक्षम रहेको छ त्यसैले महिलाले आफ्नो कर्तव्य घरको चुलो चौकामा मात्र सीमित होइन राष्ट्र निर्माणमा लाग्नु पर्दछ भन्नुभयो ।
    कीर्तिपुर नपाका कार्यकारी अधिकृत रामलाल श्रेष्ठले सीप विकासमा उत्प्रेरणा जगाउनु जरुरी रहेको बताउँदै कीनपाले महिलाहरुलाई लक्षित गरी विभिन्न सीपमुलक तालिम दिइरहेको बताउनुभयो ।
    काठमाडौं महानगरपालिका प्रहरी प्रभाग प्रमुख ज्ञानकुमार महत्तोले महिला हिँसामा प्रहरीको भूमिकाबारे अवगत गराउनुभयो ।
    कार्यक्रममा कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लि.का अधयक्ष रमेश महर्जनले आर्थिक एवं सामाजिक रुपान्तर गर्न महिलाको ठूलो भूमिका रहेको बताउनुभयो । रिव्य महर्जनले स्वागत गर्नु भएको सो कार्यक्रमको दोस्रो चरणमा कीर्तिपुरमा महिला हिँसा अन्त्यको महत्व र आवश्यकताबारे सचेतता, महिला अधिकारबारे चेतना, महिला सशक्तिकरण, घरसमाजमा महिलालाई हेर्ने दृष्टिकोण लगायतकाबारे समूहगत छलफल र प्रस्तुत गरेको थियो ।
    समूहगत छलफलमा उठेका विषयहरुमाथि प्रा.डा. रामकृष्ण महर्जन, प्रा.डा. श्रीकृष्ण श्रेष्ठ, प्रा.डा. हरि महर्जन, मानव अधिकार कीर्तिपुर शाखाका सभापति शोभा महर्जन शाक्यले समिक्षा गर्नुभएको थियो ।

No comments:

Post a Comment