वर्ष ९, अंक ५० (२०६९ चैत्र १६ गते शुक्रबार प्रकाशित)
विमानस्थल निर्माण गर्न जाइकाले ९१ करोड सहयोग गर्ने
काठमाडौं । त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थल सुदृढीकरण परियोजनाका लागि जापान सरकारले ९१
करोड ७१ लाख रुपैयाँ बराबर सहयोग गर्ने भएको छ । जापान सरकारले जापान
अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) मार्फत उक्त परियोजनाका लागि ९८ करोड
९१ लाख जापनीज एन अनुदान सहयोग गर्ने भएको हो ।
परियोजना
अन्तर्गत दुई वटा राडर जडान गरिने भएको छ । दुई वटा राडर मध्ये एक वटा
अन्तर्राष्ट्रिय विमानस्थल र अर्को भट्टेडाँडामा जडान गरिने भएको हो ।
बुधबार अर्थमन्त्रालयमा सहयोग सम्बन्धी समझदारी भएको हो ।
सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थमन्त्रालयका सहसचिव मधुकुमार
मरासिनी र जापान सरकारका तर्फबाट जाइकाका प्रमुख प्रतिनिधि सुतुमु सिमिजुले
हस्ताक्षर गर्नुभएको हो ।
अहिले विमानस्थल एयर ट्राफिक
कन्ट्रोलरले विमानस्थल नजिक आइपुगेका विमानबारे मात्र जानकारी पाउन सक्छन्
भने उपत्यका बाहिरका विमान राडर क्षेत्रभन्दा बाहिर रहन्छन् । यस नयाँ
जोडिएको राडरले आकासमा उडिरहेका आन्तरिक विमानका साथै उच्च उचाईमा उडिरहेका
अन्तर्राष्ट्रिय विमानहरुको पनि अनुगमन गर्न सकिने जनाइएको छ ।
यो राडर सन् २०१५ सम्ममा जडान गरिसक्ने अर्थ मन्त्रालयले जनाएको छ ।
No comments:
Post a Comment