वर्ष ९, अंक ५० (२०६९ चैत्र १६ गते शुक्रबार प्रकाशित)
सहिद स्मृति व्यवस्थापनमा नयाँ नेतृत्व
सहिद स्मृति व्यवस्थापन समिति कीर्तिपुरको पुनःगठन गरी नयाँ नेतृत्व
गरिएको छ । चैत्र ११ गते नेकपा एमालेको पार्टी कार्यालयमा बसेको भेला एवं
बैठकले नयाँ नेतृत्वमा सिद्धिकुमार मानन्धरलाई चयन गरेको हो ।
जसमा सचिव कृष्णमान डंगोल र कोषाध्यक्षमा सुरेन्द्र मानन्धर रहनु भएको छ ।
त्यसै गरी सदस्यहरुमा सुरेन्द्र महर्जन, बद्रीलाल महर्जन, शशिन्द्र महर्जन,
नीता गौतम, राजकुमार फुटुवार, हरिकुमार महर्जन, विश्वअमर महर्जन, कृष्णहरी
महर्जन रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा टीकाराम महर्जन, हरिशरण महर्जन,
हिराकाजी महर्जन, राजकुमार नकर्मी, कर्मलाल महर्जन, अशोक भन्सारी,
शम्भुराम महर्जन, नारायण महर्जन रहेका छन् ।
भेलाबाट आगामी चैत्र २० गते हुने सहिद दिवस व्यवस्थित रुपले मनाउन आवश्यक तयारी गर्ने भएका छन् ।
स्मरणीय छ, कीर्तिपुरमा हरेक वर्ष चैत्र २० गते सहिद लनबहादुर महर्जन,
हिराकाजी महर्जन, राजमान माली र राजेन्द्र महर्जनको संस्मरणमा प्रतिभा स्थल
खासीबजारमा श्रद्धाञ्जली कार्यक्रम र कीर्तिपुर नगरभित्र पदयात्रा सहिद
स्मृति व्यवस्थापन समितिको आयोजनामा कार्यक्रम हुँदै आइरहेको छ ।
No comments:
Post a Comment