Friday, April 5, 2013

न्यायालय ध्वस्त पार्न रेग्मीलाई सरकारको नेतृत्व

वर्ष ९, अंक ५० (२०६९ चैत्र १६ गते शुक्रबार प्रकाशित)

न्यायालय ध्वस्त पार्न रेग्मीलाई सरकारको नेतृत्व

    बुटवल । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव सुनिल प्रजापतिले चार दलहरूबीच भएको सहमति ती दलहरूले भारतीय विस्तारवादसामु गरेको आत्मसमर्पणको दस्तावेज भएको बताउनुभएको छ । नेमकिपा रूपन्देहीले शुक्रबार आयोजना गरेको कार्यकर्ता भेलामा प्रजापतिले उक्त विचार राख्नुभएको हो ।
    भेलामा प्रजापतिले चार शासक दलहरूले भारतीय विस्तारवादसामु आत्मसमर्पण गरेको उल्लेख गर्दै भारतले  नेपालको न्यायालय ध्वस्त पार्न नै प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएको बताउनुभयो । न्यायालयले भारतीय हस्तक्षेपका विरूद्ध पटकपटक फैसला गरेको हुनाले भारतले न्यायालय ध्वस्त पार्न खोजेको उहाँले स्पष्ट पार्नुभयो ।
    सम्पूर्ण दलहरूको राजनीतिक सहमतिमा राज्य सञ्चालन गर्ने अन्तरिम संविधानको मूल भावनामाथि प्रहार गर्दै चार दलहरूको सहमतिमा संविधानका २४ वटा धाराहरू संशोधन गरिनु चारदलीय तानाशाह भएको प्रजापतिको धारणा थियो ।
    सरकार र संवैधानिक निकायहरूलाई पूर्वनिजामती कर्मचारीहरूको जिम्मा लगाएर देशलाई निरङ्कुशतातर्फ लगिरहेको प्रजापतिको आरोप थियो ।

No comments:

Post a Comment