Friday, April 5, 2013

जन पोलिक्लिनिकमा स्वास्थ्य शिविर

वर्ष १०, अंक १ (२०६९ चैत्र २३ गते शुक्रबार प्रकाशित)

जन पोलिक्लिनिकमा स्वास्थ्य शिविर

    १०३ औं नारी दिवस अवसरमा कीर्तिपुर सामुदायिक स्वास्थ्य केन्द्र र नेपाल मानव अधिकार संगठनको संयुक्त आयोजनामा चैत्र १७ गते शनिबार कीर्तिपुर निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो ।
    केन्द्रद्वारा संचालित जन पोलिक्लिनिकमा स्तन र पाठेघर सम्बन्धी स्वास्थ्य परीक्षण भएको थियो ।
    वरिष्ठ स्त्री रोग तथा क्यान्सर विशेषज्ञ डा. तारा मानन्धरले ७१ जनाको परीक्षण गरेकोमा पाठेघरको समस्या १४ जनामा र २ स्तनको समस्या देखिएको स्वास्थ्य केन्द्रले जनाएको छ ।
    शिविर हुनु अधि एक समारोहबीच पाँच वटा दीप प्रज्ज्वलन गरी उद्घाटन गरिएको थियो । केन्द्रका अध्यक्ष हिराबहादुर महर्जन, संगठनका सभापति शोभा महर्जन, रचना श्रेष्ठ र सुरेन्द्र महर्जनले बोल्नुभएको थियो ।

No comments:

Post a Comment