वर्ष १०, अंक १ (२०६९ चैत्र २३ गते शुक्रबार प्रकाशित)
यल महोत्सव (चैत १५–२१) सम्पन्न
चक्रवती स्वागतद्वारा प्रथम
ललितपुर महोत्सव २१ गते सम्पन्न भयो । महोत्सवमा पाटन ढोकाबाट बालकुमारी दुपत हुँदै मंगलबजारसम्म विभिन्न प्रदर्शन गरिएको थियो ।
पाटन ढोकामा रहेको १८ फुटको गणेशमन्दिरको दर्शन बाट शुभारम्भ भएको महोत्सव मिखाबहाः टोलमा नेवारी सँस्कृतिको जीवित प्रदर्शन गरिएको थियो । उहिलेको पालाको फोटो हेर्दै वहाःमा प्रवेशमै रक्सि पारेको, बुढाबाजेले तमाखु खाएर बसेको र भित्र उगलमा धान कुटेको र ज्यापु कुमारीले नेवार जीवित सँस्कृतिले मन लोभ्याएको थियो ।
पाटनको प्रत्येक टोल टोलमा स्थानीय कृषि उत्पादन, हात हतियार, माटाका भाँडाकुँडा, पितलका भाँडाकुँडाबाट आकर्षक स्वागत द्वार बनाएको थियो । च्यासलमा स्थानीय कृषि उत्पादन र हात हतियार सहितका करिव ५० थरीका सामग्रीले बनाएको स्वागतद्वारले आकर्षकता थपेको थियो । जुन द्वार महोत्सव प्रतियोगितामा तृतीयस्थान हासिल गरेको थियो । त्यागल टोल सुधार समितिले दुपतमा बनाइएको स्वागत द्वार द्वितीय र चक्रवती टोल सुधार समिति र ताम्राकार समाजको संयुक्त पहलमा चक्रवर्तीमा बनाइएको पित्तलका स्वागतद्वार प्रथम हुन सफल भएको आकर्षक स्वागत द्वार थियो । जन्मदेखि मृत्युसम्मका सामग्रीहरुको प्रदर्शन, २५ फुटको बुद्धको मूर्ति विशेष आकर्षण मंगलबजार केन्द्रित थियो । त्यहाँ भण्डारखाल बगँैचामा रहेका सामग्रीहरुको प्रदर्शन लगायत विदेशी समेत २०० व्यापारिक स्टल, गँ प्याखँ (अष्टमातृका नाच,) दर्शै बेलामात्र निस्कने पायो जात्रा (खड्गजात्रा) र दैनिक साँस्कृतिक कार्यक्रमले ललितपुरको पहिचान चिनाउन स्थानीय बासी उत्साहित थिए भने अन्य स्वदेशी तथा विदेशी पाहुनाले ललितपुरको मौलिकतामा अवलोकन गर्ने अवसर मिलेको थियो ।
चैत १५ गते संस्कृति विद् सत्यमोहोन जोशीद्वारा उद्घाटन गरिएको सो महोत्सव समापन सँस्कृतिमा पर्यटन मन्त्री रामकुमार श्रेष्ठले गर्नुभएको थियो ।
समापन समारोहमा संस्कृतिविद् जोशीले स्वागतद्वारमा प्रथम, द्वितीय र तृतीयलाई पुरस्कार दिनुका साथै महोत्सव लोगो डिजाइनर नारायण बहादुर महर्जन, गणेशको मूर्ति बनाउने कलाकार राजेश अवाले, बुद्धको मूर्ति बनाउने कलाकार दीपक राज शाक्य लगायत विभिन्न कार्यक्रम उत्कृष्टलाई र सहयोगी सवै संघ संस्थालाई सम्मान गरिएको थियो ।

No comments:
Post a Comment