Friday, April 5, 2013

पाँचौं सहिद स्मृति व्याडमिन्टन कप प्रतियोगिता जारी

वर्ष १०, अंक १ (२०६९ चैत्र २३ गते शुक्रबार प्रकाशित)

पाँचौं सहिद स्मृति व्याडमिन्टन कप प्रतियोगिता जारी

    कीर्तिपुर । युवा खेलकुद समूह कीर्तिपुरको आयोजनामा ऐतिहासिक जनआन्दोलन–२०४६ चैत्र २० गते शहादत गरेका अमर सहिदहरुको सम्झनामा पाँचौं सहिद स्मृति कप व्याडमिन्टन प्रतियोगिता चैत्र १७ गते शनिबारबाट सुरु भएको छ ।
    हिजो बिहीबार भएको जुनियर सिङ्गलमा पर्शुरामले सिकन्दरलाई २१–२० र २१–१७, श्रीकृष्णले विक्रमलाई २१–१७ र २१–१५ र मेन्स डबल अन्तर्गतको खेलमा देव/सिकन्दर महर्जनको जोडीले विनोद/अनिलको जोडीलाई २१–१३ र २१–१३ को सोझो सेटबाट विजय भएका छन् भने मेन्स सिङ्गलतर्फ चन्दन महर्जनले वाक ओभर पाई विजय हुनु भएको छ ।
    बुधबार भएको जुनियर सिङ्गल अन्तर्गतको खेलमा जयकृष्ण महर्जनले समीर महर्जनलाई २१–१० र २१–१२ ले, मेन्स डबलमा भोजराज खनाल÷लक्ष्मीभक्त महर्जनको जोडीले पंकज बस्नेत/शम्भु मानन्धरको जोडीलाई २१–१२ र २१–१३ को सोझो सेटले पराजित गरेको छ । त्यसैगरी मेन्स एकलमा बुद्धराम महर्जन र जुनियर एकलमा जगदिश्वर महर्जनले वाक ओभर पाई विजयी घोषित भएका थिए ।
    त्यसैगरी मंगलबार भएको मेन्स सिङ्गल अन्तर्गतको खेलमा रमेश श्रेष्ठले सिंघमान महर्जनलाई २१–१९ र २१–१४, जुनियर सिङ्गल अन्तर्गत प्रकाशले अमितलाई २२–२० र २१–१४, पुष्पले विष्णु महर्जनलाई २१–१७ र २१–१२ र मेन्स डबलमा बल बहादुर लामा/दत्त थापाको जोडीले विकास श्रेष्ठ/नरसिं उदासको जोडीलाई २१–१४ र २१–११ को सोझो सेटले पराजित गरी विजय हासिल गरेको थियो ।
    सोमबार भएको जुनियर एकलको खेलमा राजमान महर्जनले विनोद महर्जनलाई २१–५ र २१–१४ ले, मेन्स एकलमा पुष्पले गंगारामलाई २१–१२ र २१–१४, जितेन्द्र महर्जनले दिपेश महर्जनलाई २१–९ र २१–१४ ले र मेन्स डबलमा दयाराम डंगोल/राजेन्द्र श्रेष्ठको जोडीले मीमकुमार महर्जन/बिक्रम महर्जनको जोडीलाई २१–१४ र २१–६ को सोझो सेट अन्तरले पराजित गरेको छ भने मेन्स एकलमा लक्ष्मीभक्त महर्जनले वाक ओभर पाई विजयी यात्रा सुरु गरेको छ ।
    त्यसैगरी आइतबार भएको मेन्स सिङ्गल अन्तर्गतको खेलमा दत्त थापाले दिनेश महर्जनलाई २३–२१, १७–२१, २१–१८, बल ब. लामाले मिमप्रकाश महर्जनलाई २१–१८, २१–१३ र जुनियर सिङ्गलमा अजय पौडेलले केशव महर्जनलाई २१–७ र २१–१२ को सोझो सेटले पराजित गरेको छ भने मेन्स डबलमा दावा शेर्पा र कुशुम शेर्पाको जोडीले गंगाराम महर्जन र गणेशमान महर्जनको जोडीलाई २१–१० र २१–१४ को सोझो अन्तरले विजय हासिल गरेको थियो ।
    शनिबार भएको उद्घाटन खेलमा मेन्स एकलमा अन्जय पौडेलले पवन अधिकारीलाई १३–२१, २२–२० र २१–१४ ले र दोस्रो खेलमा अन्जय मानन्धरले सुरेन्द्र श्रेष्ठलाई २१–१९, १२–२१ र २१–१६ ले पराजित गरेको थियो ।
    बैशाख ७ गतेसम्म संचालन हुने सो प्रतियोगिता जुनियर एकल, मेन्स एकल, मेन्स डबल र भेट्रान डबल गरी ८० वटा खेल संचालन हुने छन् ।
    स्मरणीय छ, जनआन्दोलन २०४६ चैत्र २० गते कीर्तिपुरका लनबहादुर महर्जन, हिराकाजी महर्जन, राजमान माली र राजेन्द्र महर्जन सहिद भएका थिए ।

No comments:

Post a Comment