Friday, April 5, 2013

एसिसी ट्वान्टी–२० कप क्रिकेटको उपाधी अफगानिस्तानलाई

वर्ष १०, अंक १ (२०६९ चैत्र २३ गते शुक्रबार प्रकाशित)

एसिसी ट्वान्टी–२० कप क्रिकेटको उपाधी अफगानिस्तानलाई

    घरेलु मैदानमा नेपाललाई ७ विकेटले हराउँदै एसिसी ट्वान्टी–२० कप क्रिकेटको उपाधी अफगानिस्तानने उचालेको छ । टस जितेर ब्याटिङ्गको निम्तो पाएको नेपालले दिएका १ सय ३६ रनको चुनौती पछ्याउने क्रममा अफगानिस्तानले ३ विकेटको क्षतिमा १३ बल बाँकी छँदै उक्त रन जोड्न सफल भएको थियो ।
    यो सँगै अफगानिस्तानले एसीसी ट्वान्टी–२० कप क्रिकेटको उपाधी लगातार चौंथो पटक उचाल्न सफल भएको हो ।
    टस हारेर पहिलो ब्याटिङ्ग गरेको नेपालले अफगानिस्तानलाई ६ विकेटको क्षति बेहोरेर १ सय ३५ रनको चुनौती पेस गरेपनि उसको विकेट लिएर दबाबमा राख्न नसक्दा नेपाल उपविजेतामै सिमित हुन पुगेको हो ।
    नेपालका लागि उक्त रन जोड्न नेपाली टोलीका कप्तान पारस खड्काले ४१ बल खेल्दै २ छक्का र ४ चौकाको मद्दतले ५१ रन बनाएका थिए ।
    त्यस्तै बिनोद भण्डारीले एक छक्का र तीन चौकाको मद्दतले ३२ रन जोड्न सफल भए । प्रतियोगितामा सरद भेसवाकरले २१ रन बनाए भने सुवास खकुरेल, ज्ञानेन्द्र मल्लले ११÷११ रन जोडेका थिए । पृथु बास्कोटाले २ रन ल्याए भने अर्का व्याट्सम्यान प्रदीप ऐरीले एक रन जोडेका थिए ।

No comments:

Post a Comment