वर्ष १०, अंक १ (२०६९ चैत्र २३ गते शुक्रबार प्रकाशित)
सहिद साप्ताहिक १० औं वर्षमा
अमर सहिद लनबहादुर महर्जन, हिराकाजी महर्जन, राजमान माली र राजेन्द्र महर्जन लगायत ज्ञात अज्ञात सम्पूर्ण सहिदहरुको संस्मरणमा नौ वर्षदेखि नियमित प्रकाशित सहिद साप्ताहिक चैत २० गतेबाट दशौं वर्षमा प्रवेश गरेको छ ।
यो पत्रिका देश र जनतामा राजनैतिक, सामाजिक, ऐतिहासिक, भौगोलिक, आर्थिक, खेलकुद लगायत विविध विषय साथै राष्ट्रिय–अन्तर्राष्ट्रिय घटना, गतिविधिलाई पस्कँदै आइरहेका छौं ।
सहिद स्थानीय पत्रिकाको रुपमा नेपाल पत्रकार ऐन ०६९ अनुसार उपत्यकाका विभिन्न क्षेत्रमा र उपत्यका बाहिरसमेत वितरक मार्फत पुर्याइँदै आइरहेका छौं । जसको फलस्वरुप प्रेस काउन्सिल नेपालले आ.व.२०६७/०६८ देखि स्तरबृद्धि गरी ‘ग’ वर्गमा वर्गीकृत गरेको यहाँ पुनः स्मरण गराउन चाहन्छौं । पाठकहरुको न्यानो माया र सुझाव, लेखकहरुको समसामयिक लेख र विभिन्न विज्ञापन दाताहरुबाट नियमित विज्ञापन र सम्वाददाताहरुको ताजा सत्य, तथ्य समाचार, घटना र गतिविधि निरन्तर सहयोग मिलेको कारणले नै हाम्रो यस पत्रिकाको स्तरोन्नति भएकोमा धेरै खुसी लागेको छ ।

देश र जनताप्रति ज्यानको बाजी राखी संघर्षमा होमिएर शहादत प्राप्त गरेका अमर सहिदहरुको सपना अझै पुरा भएको छैन । देशमा बहुदलीय प्रजातन्त्र गणतन्त्रसम्म पुगेपनि शासक दलहरु सहिदको सपना पुरा गर्न सत्तारोहणसँगैको सपथ खाली सपथ मात्र भइरहेको छ ।
आम नेपाली जनतामा सही चेतना र संगठित शक्तिको दवाव विना देशको जनजीविका अगाडि बढ्दैन । त्यसैले देश र जनतालाई सही चेतना विचार जनतामा जागरुक बनाउन सहिद साप्ताहिको थप जिम्मेबार ठान्दछ । विगतमा झैं पाठक, लेखक, विज्ञापनदाता, शुभचिन्तक सबै क्षेत्र तह र तप्काबाट निरन्तर सहयोग पाइरहने अपेक्षा गर्दै हामी अझ देश र जनताको सेवामा परिमार्जित, परिस्कृत हुँदै आउने यस अवसरमा प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं ।

No comments:
Post a Comment