वर्ष १०, अंक १ (२०६९ चैत्र २३ गते शुक्रबार प्रकाशित)
त्रिविवि सभा आज
स्ववियु निर्वाचन बैशाखमा !
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनसम्बन्धी नियमावली संशोधन गर्ने भएको छ ।
आज चैत २३ गते कुलपति खिलराज रेग्मी, शिक्षा मन्त्री लगायतको उपस्थितिमा बस्ने त्रिविवि सभामा सो नियमावली संशोधन प्रस्ताव प्रस्तुत हुनेछ । नियमावलीमा मिश्रत निर्वाचन प्रणालीमा आगामी स्ववियु निर्वाचन गर्ने प्रस्ताव गरिएको छ ।
त्रिविविको क्यालेन्डरअनुसार हरेक वर्ष सम्पन्न हुनपर्ने स्ववियुको निर्वाचन २०६५ चैतदेखि हुन सकिरहेको छैन । शिक्षा पत्रकार सञ्जाल (इजाने) द्वारा आज यहाँ आयोजित कार्यक्रममा त्रिविविका शिक्षाध्यक्ष प्राध्यापक गुणनिधि न्यौपानेले सो जानकारी दिँदै नियमावली संशोधन भएपछि निर्वाचनको घोषणा गरिने जानकारी दिनुभयो ।
त्रिविविको नियम कानुन संशोधन गर्ने सर्वोच्च निकाय त्रिविवि सभा हो । आजको सभाले सो नियम संशोधन गरेपछि त्रिविवि कार्यकारीले मिति तोक्ने काम गर्दछ ।
शिक्षाध्यक्ष न्यौपानेले भन्नुभयो, ‘अगामी बैशाख महिनाको अन्तिमसम्ममा स्ववियु निर्वाचन गर्ने तयारी त्रिविविले गरिराखेको छ ।’ कार्यक्रममा सहभागी विद्यार्थी संगठनका नेताहरूले भने संशोधनमा भएका हरफहरू आफूहरूलाई देखाउन माग गरेका थिए । आफ्नो सहमतिबिना एकैपटक त्रिविवि सभामा प्रस्तुत नगर्न पनि उनीहरूले सुझाव दिएका थिए ।
त्रिविविका विद्यार्थी कल्याण तथा खेलकुद शाखाका प्रमुख गंगाबहादुर थापाले त्रिविविले नियम संशोधन गरेर भए पनि वैशाखमा निर्वाचन गर्ने जानकारी दिनुभयो ।

No comments:
Post a Comment