वर्ष १०, अंक १ (२०६९ चैत्र २३ गते शुक्रबार प्रकाशित)
निप अध्यक्ष रेग्मीको जग्गा कब्जा
काठमाडौं । सोमबारसम्म मतदाता नामावली संकलनको काममा अवरोध गर्दै आएको नेकपा माओवादी अब जग्गा कब्जातिर लागेको छ । मुलुकको कार्यकारी प्रमुख खिलराज रेग्मीकै जग्गाबाट यो अभियान सुरु गरिएको छ ।
रेग्मीर्कै आग्रहलाई स्वीकार गर्दै निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य स्थगित गरेपछि माओवादीको ध्यान अन्यत्र मोडिएको हो ।
नेकपा माओवादीका कार्यकर्ताले बुधबार बिहानै मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको बर्दियामा रहेको जग्गा कब्जा गरेका छन् । बर्दियाको खैरीचन्दनपुर– ८ मा रहेको रेग्मीको ३५ बिगाहा जग्गा कब्जा गरिएको माओवादीले घोषणा गरेको हो । यस्तै उनीहरुले स्थानीय लक्ष्मीप्रसाद शर्माको १४ विगाहा र युवराज शर्माको ६५ विगाहा जग्गामा पनि झण्डा गाडेर कब्जाको घोषणा गरेका हुन् ।
माओवादीका झण्डै एक सय जना कार्यकर्ता एकाबिहानै जग्गामा पुगेर झण्डा गाडेर कब्जा गरेका हुन् । ‘पहिले पनि हामीले कब्जा गरेका थियौं, तर केही वर्षयता किसानलाई जोतभोग गर्न नदिई विरुवा लगाएका कारण फेरि कब्जा गरेका हौं ।’ माओवादी जिल्ला सदस्य गणेश अर्यालले भन्नुभयो ।
माओवादी कार्यकर्ताले कब्जाको घोषणा गरे लगत्तै प्रहरी घटनास्थल पुगेको छ । तर, झण्डा जग्गामा झण्डा नभेटिएको प्रहरीले जनाएको छ ।

No comments:
Post a Comment