Friday, April 5, 2013

अनुशासित खेलौं, मित्रता बढाऔं

वर्ष ९, अंक ५० (२०६९ चैत्र १६ गते शुक्रबार प्रकाशित)

अनुशासित खेलौं, मित्रता बढाऔं

    ‘स्वस्थ, मित्रता र अनुशासनका लागि खेलकुद’ भन्ने  नाराका साथ पाँचौं सहिद स्मृति कप व्याडमिन्टन प्रतियोगिता २०६९ यो शनिबारबाट सुरु हुने भएको छ ।
    ज्ञात अज्ञात सम्पूर्ण सहिदहरुको सम्झनामा भैरहेको वर्षेनी व्याडमिन्टन प्रतियोगिता स्वस्थ रहेको र मित्रता बढाएको छ । त्यसको लागि आयोजक युवा खेलकुद समूहलाई धन्यवाद दिनै पर्दछ । तर अनुशासन र नियममा फितलोले गर्दा दर्शक र स्वयं खेलाडीलाई मन दुखेको पनि छ । चौंथौ आयोजनामा फाइनल पुगेका खेलाडीले फाइनल खेल नै खेलेनन् भने भेट्रान खेलमा ४० वर्षभन्दा माथिका भनेपनि कम उमेरकाले पनि भेट्रानमा खेल्यो र टाइसिट प्रकाशित भइसकेपछि फेरि खेलाडीको नाम थपाथप भयो । अनुशासिन र नियम मिच्ने काम आयोजकबाट र खेलाडी दुवै पक्षबाट भयो । यो पाँचौं संस्करण खेलमा आयोजकले भेट्रान खेलाडी ४५ वर्ष माथिका बनाएको छ भने नयाँ खेलाडीको प्रोत्साहनको लागि जुनियर इभेन्टस् पनि संचालन गरेको छ र कीर्तिपुर व्याडमिन्टन क्लवले खेलाडीहरुको हौसला प्रोत्साहनको लागि खेलाडी वर्गीकरण गरी नामावली सार्वजनिक गरेको छ । साँच्चै स्वस्थ, मित्रता र अनुशासनका लागि खेल खेलौं, विगतका कमी कमजोरी फेरि नदोहो¥याऔं, आयोजकलाई हार्दिक शुभकामना छ ।
    कीर्तिपुरमा यतिखेर नयाँबजार क्लवको आयोजनामा प्रथम कीर्तिपुर कप बास्केटबल प्रतियोगिता चालू छ । कीर्तिपुरको इतिहासमा पहिलो डिजिटल प्रणालीमा डबल लिग खेलले खेलप्रेमीलाई आकर्षण बढाएको छ भने खेलाडीहरुमा नयाँ जोश थपेको छ ।
    बास्केटबल शक्ति र ट्रिक दुवैको महत्वपूर्ण भूमिका रहने भएकोले खेलाडीहरु बढी अनुशासित र आयोजक र रेफ्री बढी चनाखो हुनु पर्दछ ।
    चैत्र ३१ सम्म हुने सो प्रतियोगिता सफलताको कामना गर्दछु ।
    अहिले कीर्तिपुर त्रिवि क्रिकेट मैदानमा एसीसी ट्वान्टी–२० प्रतियोगिता पनि चालू छ । नेपालको सान बढाउन खेलप्रेमीहरुको हजारौं सहभागिताले खेलाडीहरुमा हौसला प्रदान गरिरहेको छ ।
    नेपाली क्रिकेट खेलाडी आफ्नो कुशलता प्रदर्शन गरी विश्वकप छनौटमा प्रवेश गर्न सकोस् भनी कामना गर्दछु ।
    खेलमय नेपालका सबै खेलहरु, खेलाडीहरु स्वस्थ, मित्रता र अनुशासनका लागि खेलौं, सबै आयोजक र खेलाडीहरुमा सफलताको कामना ।

No comments:

Post a Comment