Friday, September 7, 2012

पेट्रोलियम पदार्थका गरिएको मूल्य वृद्धिको सर्वत्र विरोध

पेट्रोलियम पदार्थका गरिएको मूल्य वृद्धिको सर्वत्र विरोध    

२० युवा विद्यार्थीद्वारा भाद्र २४ गते उपत्यका बन्दको घोषणा

वर्ष ९, अंक २३ (२०६९ भाद्र २२ गते शुक्रबार)
   एनेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा रहेको सरकारले भाद्र २० गते सातौं पटकको पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।
    नेपालको सत्तासिन राजनेता मध्ये गणतन्त्र पछिको चौंथो प्रमको रुपमा नेतृत्वमा पुग्नु भएका बाबुरामको सुरुको दिनमा सबैको वाह वाहका पात्र थिए, कारण पार्टीभित्र स्पष्ट र निडर सत्य कुरा बोल्ने र शैक्षिक क्षेत्रमा बोर्ड फष्ट हासिल गर्नु भएकोले देश र जनताको लागि राम्रै गर्ला भन्ने आशमा ।
    सबै आशा निराशा पार्ने काम यै प्रमले गरेको छ । पछिल्लो पटक पेट्रोलियम पदार्थ रु.५।–, मट्टितेल र डिजेलमा रु.४/४।— हवाई इन्धनमा रु.११ र एलपी ग्याँसमा रु.५५।– रुपैयाँ वृद्धि गरेको छ । अब पेट्रोलमा १२५/–, मट्टितेल र डिजेल ९८।– प्रति लिटर, हवाई इन्धन रु.१११।– र ग्याँस प्रति सिलिण्डर रु.१४७०।– कायम भएको छ ।
    दशैं र तिहारको मुखमा सबै नेपालीले बढी प्रयोग गरिने पेट्रोलियम पदार्थका मूल्य वृद्धिले सवै नेपालीका ढाड सेकेका छन् । यस वृद्धिले सबै उपभोग्य वस्तुको मूल्य बढ्ने निश्चित छ । नेपाली जनता अब मारमा पर्ने भएका छन् । यस मूल्यवृद्धिको सर्वत्र विरोध थालेका छन् । नेपाल क्रान्तिकारी विद्यार्थी संघ, नेपाल क्रान्तिकारी युवा संघ, नेपाल तरुण दल, नेविसंघ, अखिल युवा संघ नेपाल लगायत २० युवा विद्यार्थी संगठनहरुद्वारा भाद्र २४ गते आइतबार उपत्यका बन्दको घोषणा गरेका छन् ।
    भाद्र १८ गते मूल्य वृद्धिको दिनदेखि कलेज अगाडि विरोध प्रदर्शन जारी राखेका छन् भने प्रम बाबुरामद्वारा विरोधपत्र बुभ्mन समय नदिएपछि २० युवा विद्यार्थीले १९ गते मंगलबार सिंहदरवारको दक्षिण मेन गेटमा विरोध पत्र टाँस गरी बुझाएका छन् ।
    बिहीबार सडकमै अन्तरक्रिया गरेका छन् भने युवा विद्यार्थीले मूल्यवृद्धि विरुद्ध आन्दोलन तीव्र पार्न भोलि शनिबार उपत्यकाका विभिन्न स्थानबाट मसाल जुलस निकाल्ने भएका छन् । पहिलो चरणको कार्यक्रमबाट सरकार र नेपाल आयल निगमले मूल्यवृद्धि फिर्ता नगरे थप बन्दको कार्यक्रम गरिने चेतावनी दिएका छन् ।

No comments:

Post a Comment