Friday, January 18, 2013

भक्तपुर काण्डको पाठः पञ्चायतको अन्त्य

वर्ष ९ अंक २२ (२०६९ भाद्र १५ गते शुक्रबार प्रकाशित)

भक्तपुर काण्डको पाठः पञ्चायतको अन्त्य

    पञ्चायती राज्य स्तरको षड्यन्त्र हो भक्तपुर काण्ड । २०४५ भाद्र ५ गते भुकम्प पछिको ९ भाद्रको माननीय भुकम्प भक्तपुर काण्ड । जुन काण्डमा नेमकिपाका अध्यक्ष (तत्कालीन नेमकिसं) का. रोहित लगायत सयौं नेता तथा कार्यकतामाथि तत्काल राज्य प्रमुख प्रम मरिचमानसिं र उच्च तहका व्यक्तिहरु "फाँसी दे"  को नारा लगाई सडकमा ओर्लेको थियो ।
    भुकम्प पीडितलाई राहत वितरणमा धाँधली गराउने प्रपञ्च राष्ट्रिय स्तरबाटै योजनाबद्ध बनाई जनविरोधी कर्ण ह्योजुलाई बलिको बोका बनाएको थियो र राज्यस्तरबाटै सुरक्षाको घेरा भित्रैबाट अस्पताल पुर्याई मारेको थियो ।
    त्यो घटनाको दोष नेमकिपालाई लगायो र त्यही राती प्रशासनको दानवीय भुकम्प सुरु भएको थियो ।
    भक्तपुरमा खाने बाघले अन्य क्षेत्र पनि पल्किन्छ भन्ने भावना आम नेपाली जनतामा तरङ्ग झैं फैलियो । दैनिक धरपकड, दुःख पीडा भोग्दै भक्तपुरका जनताले अथाह संघर्ष गरे । महिलाहरुले २४ सै घन्टा पहरा दिए र संघर्षको आगो बालिरहे ।
    नेमकिपाका भूमिगत नेताहरुले साचो दग्दैन झुटो टेक्दैन भन्ने भावनाका साथ अघि बढे र अन्यायपूर्ण राज्य आतंक र झुठा मुद्दाको विरुद्ध लड्न कानुन ब्यवसायी, पत्रकार, अरु राजनीतिक दलसँग घटनाको वास्तविकता प्रष्ट पार्दै अघि बढे ।
    जसको फलस्वरुप सवै न्यायप्रेमी जनता नेमकिपामाथि गरिएको षड्यन्त्रको विरुद्ध लड्ने शंखघोष भयो । कानुनी संघर्ष कानुनव्यवसायीबाट भयो भने, जनताबीच बास्तविक सूचना प्रवाह गर्ने काम पत्रकारहरुबाट भएको थियो । खुसीको कुरा पञ्चायती शासन विरुद्ध संघर्ष गर्ने नेका र बामपन्थी शक्तिहरु एक गठ भई जनआन्दोलन २०४६ का वातावरण तयार भयो ।
    जनआन्दोलनको ज्वारभाटा फागुन ७ गते शुभारम्भ भयो भने उपत्यकामै पहिलो पटक पंचायती तानाशाहीबाट बढी पीडित भक्तपुरका जनताले मुक्तिको लागि ज्यानै आहुति दिए फागुन ८ गते चार जना वीर सपुतले ।
    आन्दोलनको आगो झन सक्लियो देशभर । अन्ततः पंचायती तानाशाही विरद्धको ऐतिहासिक जनआन्दोलन सफलतामा टुङ्गियो ।
    सफता पछिको सरकारले भक्तपुर काण्डको मुद्दा खारेज ग¥यो र नेमकिपाका नेता तथा कार्यकर्ता २० महिनापछि २०४७ बैशाख ५ गते रिहा भयो । भक्तपुर काण्ड पंचायतको अन्त्यका कारक बन्यो ।
    नेमकिपाले त्यस ९ भाद्रलाई सधैं कालो दिवसको रुपमा मनाउँदै आइरहेको छ । कालो दिनका मतियारहरु अहिलेपनि समाजमा बाँकी रहेकोले सबै मुक्तिकामी जनता त्यस्तो षड्यन्त्रबाट सजग र सचेत हुनुपर्ने सन्देश देशव्यापी भक्तपुर काण्ड कालो दिवस मनाएर गरिरहेको प्रशंसनीय छ ।

1 comment:

  1. कुरो त यो थिकै हो प्रधान मंत्रि आफै हत्यारा लाइ फासि दे भनि सडकमा ओर्लेका थिऍ उनि दमंकारि नै थिय तर उ बेला सांति त थियो मह्गाइ त नियंत्रन थियो जनता भोको थियन आज जस्तो धनि झंझन धनि गरिब को उठिबास त थियन नि

    ReplyDelete