वर्ष १०, अंक १२ (२०७० असार ११ गते शुक्रबार प्रकाशित)
लागु पदार्थ सेवन पछि घाटक परिणाम
देशको अमूल्य सम्पत्ति भन्नु नै अथाह युवा शक्ति हो भन्ने कुरामा दुई मत छैन । तर आजको केही युवा जमात लागू पदार्थको लतमा फसेर आफ्नो स्वास्थ्यलाई अझ भनौ ब्यक्तिगत जीवन र राष्ट्रको विकासलाई नै उखेल्न उन्मुख भइरहेका छन् । ती युवाहरु जो आफु लागू पदार्थ सेवन गर्छन, अन्य युवाहरुलाई समेत आफूतिर आकर्षण गरी दुब्र्यसनीहरुको संख्यामा वृद्धि गर्न चाहन्छन् । यसरी दिन प्रतिदिन यस्तो कुलतमा लाग्नेहरुको संख्या बढ्दो छ । । दुव्र्यसनीहरुको संख्या बढेमा त्यो परिवार र समाजको लागि ठूलोभार बन्न पुग्दछ । यहि भार नै राष्ट्रको उन्नतीमा बाधक तत्व हो ।
शुरुमा मानिसहरु चुरोट पिउँन सिक्छन र विस्तारै रक्सी खान थाल्छन । रक्सी खाने बानी पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ । यसबट विशेषगरी चिन्ताको बेला उत्तेजना वृद्धि हुने तथा मानसिक नियन्त्रणबाट पिउने ब्यक्ति टाढिने हुन्छ । धेरै पिएमा नयाँ ब्यक्तिलाई बान्ता आउने, टाउको दुख्ने ,वेहोस हुन्छ भने कतिपय ब्यक्तिलाई अत्यन्त बढि हुँदा स्वास फेर्न गाह्रो हुने , ज्वरो आउने जस्तो लक्षणका साथैसाथै ब्यक्तिको मृत्युपनि हुने सम्भावना हुन्छ । हामी सवैलाई थाहै होला रक्सीको कारण कीर्तिपुरमा पनि धरै मानिसको अकालमै मृत्यु भएका उदाहरण हाम्रो सामु प्रष्ट छ ।
कतिपय मानिसहरु रक्सीले नपुगेर कडाखालको अन्य लागू पदार्थ सेवन गर्न थाल्दछन् । कडा खालको लागू पदार्थ एक यस्तो नशा हो, जसले मानसिकतालाई विकृत बनाई सामान्य ब्यवस्थाबाट मानिसलाई अलग बनाउँछ । यस्तो नशालु बस्तुहरुमा गाँजा, चरेश, अफिम, हिरोइन, स्म्याक्स, कोकिन, पेथिडिन, स्लिपिङ पिल्स, एलएसडी जस्ता आदि पर्दछन् । यी पदार्थहरु कुनै सुँधेरे त कुनै सुईद्वारा र कुनै खाएर त कुनै धुँवा पिएर ती दुव्र्यसनीहरुद्वारा प्रयोग गरिन्छन । यसरी प्रयोग गर्दा त्यस्ता नशाहरुले लठ्ठ बनाउने, निद्रा लगाउने वा निद्रा भगाउने, अचेतन (वेहोस) बनाउने आदि गर्दछ भने अन्य विभिन्न तवरले स्नायु प्रणालीमा कमी आउने, वर्वराउने, मानसिक असन्तुलन पैदा हुने, स्मरण शक्ति कम हुने डरले सिर्जना गराउने, मुटुको धडकन बढ्ने, आँखाको नानी फुल्ने, शरिरको तापक्रम अनियमितता आउने, काम गर्ने शक्ति र जाँगरमा ह्रास आउने, फोक्सोको क्यान्सर हनु सक्ने, शरिरको तौल घट्ने आदि अनेकौं शारिरीक तथा मानसिक सास्याहरु पैदा हुन्छन् ।
लागू पदार्थ बढि मात्रामा प्रयोग गर्दा तत्काल मृत्यु पनि हुन सक्छ र निरन्तर सेवन नगरेमा मानिसले एक्कासी प्रयोग गर्न छोडदा वा सेवन गर्न नपाउँदा पनि ठूलो समस्या उब्जन जान्छ । प्रायजसो दुब्र्यसनीहरु सामुहिक रुपमा लागु पदार्थ सेवन गर्दछन् । लागू पदार्थ सेवन गर्ने दुब्र्यसनीहरु कीर्तिपुरमा पनि प्रसस्त छन् । जसमध्ये तपाई हामीले देखेका ठाउँहरु चोभार मन्दिर वरिपरिका डाँडा, बाघभैरव मन्दिरबाट ट्याङ्गलाफाँट जाने ढोका बाहिर नयाँ निर्माण बुद्धको (चिवाः) मन्दिर, देवधोकाको न्याम्हा सिमाको जंगल, त्यस्तै चिलन्चो जगतपाल महाविहार, मजादेग, ढल्पा रोडको पिपलबोट, ट्याङलाको शिवालय मन्दिर, लायकुको उमामहेश्वर मन्दिर, बखुको विष्णुदेवि मन्दिर, समल धोका बाहिर दिखुको पुरानो पार्टी भित्र तथा चम्पादेवि डाँडाको रानीवनको जंगल जस्तो सुनसान हुने ठाउँहरुमा साँझ ४ बजे देखि रातीको १०/१२ बजेसम्म कुनै न कुनै लागु पदार्थ सेवन गरिरहेका नौजवान युवाहरु हमी देख्न सक्छौं ।

लागू पदागर्थ मध्येका इन्जेक्शन सवै भन्दा डरलाग्दो हुन्छ भनेर चिकित्सकहरु बताउँछन् । यस्तो किसिमको नशा प्रयोग गर्दा अनेक रोगहरु एक आपसमा सर्दछन् । परिवारिक अशान्ति र कुनै दुःखद घटना, खराब साथीहरुको संगत, कसैको देखासिकी साथै असफल प्रेम आदि अनगिन्ती कारणहरुले गर्दा युवावर्ग लागू पदार्थको दुब्र्यसनीमा फसेको पाइन्छ । त्यस्तै अत्याधिक धनी ब्यक्तिका छोराछोरीहरुपनि उच्छृङखल भई नशालु पदार्थको प्रयोग गरेका पनि यदाकदा भेटिएको छ ।
कुनै पनि किसिमको लागू पदार्थ छुटाउने उपचार गर्दा वा त्यस अन्तर्गत हर्वल औषधि खुवाउँदा तिनले प्रयोग गर्ने लागु पदार्थको मात्रा पूर्ण रुपमा एकै चोटी छुटाउनु कडापि हुँदैन, उपचार विधि अनुसार स्वयंम आपैmले लागु पदार्थको मात्रा कम गर्दै जान्छ । लागु पदार्थ सेवन गर्नेब्यक्तिलाई हेप्नु, दण्ड दिनु तथा घृणा गर्नु जस्ता कार्य गर्नु हुन्दैन । बरु प्रेम र स्नेहबाट उसको मन ज्त्निु पर्दछ । के कारणले उसले लागू पदार्थ सेवन गरेको हो, त्यो जान्नु पर्दछ ।
खराब चलचित्र हेर्ने एवं खराब साथीहरुको सम्पर्क र संगतबाट उसलाई अलग्याउनु पर्दछ । अझ ठूलो कुरा के भने लागू पदाथको कारोवारमा संलग्न हुनेलाई पक्रेर कडा कार्वाही गर्नुपर्दछ । हरेक अभिभावकहरु आफ्ना छोराछोरीहरुको दैनिक अवस्था हेरेर उनीहरुको मनोविज्ञान बुझ्नु पर्दछ । छोराछोरीको समय र कहाँ र कसरी ब्यतित हुन्छ भन्ने कुराको जानकारी पूर्ण रुपमा लिन सक्नुपर्दछ । घरमा मात्र लागू पदार्थ सेवन गर्ने भएमा त्यसले पारिवारिक कलह र अशान्ति पैदा गर्दछ । तसर्थ थाहा पाउनसाथ त्यस्तो लागू पदार्थ सेवन गर्ने कार्यबाट छुटाउनेतिर कदम चाल्नुपर्दछ । परिवारमा मात्र हैन समाजमा कुनै कोही दोस्रो ब्यक्ति कुलतमा फसेको देखिएमा पनि उसको अभिभावकहरुलाई सूचना गरिदिनु पर्दछ । किनकी यो समाजको साझा समस्या हो ।
कीर्तिपुरका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई म यसै पत्रद्वारा विनम्र अनुरोध गर्न चाहन्छु, तपाई स्वयंम आफै कुनै किसिमको लागू पदार्थ सेवन गर्ने वानी छ ? छ भने आफ्नो छोराछोरीले पनि तपाईको नक्कल गर्न सम्भावना बदी हुन्छ । यदि तपाई पनि कुनै किसिमको लागुपदार्थ सेवन गर्ने बानी छ भने यो लेख होइन, सूचना वा सन्देश मानेर आजै देखि स्वास्थ्यको लागि घाटक त्यस्ता लागू पदार्थ छोड्ने प्रतिज्ञा गर्नुहोस् । यदि छोड्न नसकेमा त्यसको उपयुक्त विकल्प हामीसंँग छ । जहाँ समस्या त्यहाँ समाधानको उपाय अवश्य हुन्छ ।

— प्रो. राजेन्द्र अमात्य
फिट्नेस प्वाइन्ट ट्रेडिङ
फिट्नेस प्वाइन्ट ट्रेडिङ
No comments:
Post a Comment