वर्ष १०, अंक ८ (२०७० जेठ १० गते शुक्रबार प्रकाशित)
सन्दर्भः २५५७ औं बुद्ध जयन्ती
भगवान बुद्धको पञ्चशील उपेदश
यस पृथ्वीमा बस्ती योग्यभै जन्मदै, बस्दै, हुर्कंदै आउँदा प्राणीहरुमा सबभन्दा क्षमतावान मनुश्यनै हुन आएको पाइएको छ । यसै कारणले होला सृष्टि देखिन देवता दार्शनिक, आविस्कारक, आदि यसै धर्तीमा मानवको रुपमा जन्मलिई समाज बनाई सुधार गर्दै समय अनुसारका अर्ति उपदेशहरु दिई आएका छन् ।
नेपालमा पनि अध्यात्मगुरु परासर देखिन् बेदव्यास र एसियाका तारा शान्तिका अग्रदूत महामानव गौतम बुद्धले समेत जन्म लिई आफ्ना अर्तिउपदेशहरु दिई गएका छन् । यस मध्ये गौतम बुद्धले दिनु भएको उपदेश पञ्चशीलले समाजमा पर्ने असर बारे चर्चा गर्दै समाज सुधारको लागि यो पञ्चशीलको उपदेशलाई प्रस्तुत गरिएको छ ।
महामानव गौतम बुद्धले मानव हितका लागि विभिन्न अर्तिउपदेशहरु दिनु भएको छ । यस मध्ये हिँसा नगर्नु, लोभ मोह नगर्नु, व्यभिचार नगर्नु, झुठो नबोल्नु र लागु पदार्थ सेवन नगर्नु भन्ने पञ्चशील अथवा पाँचवटा मानिसले व्यवहारमा गर्नुपर्ने उपदेशहरु हुन् ।
१) हिँसा नगर्नु :– प्राणीले जन्म लिएपछि आफु बच्ने र बाँच्ने ईच्छा लिएको हुन्छ । सबैलाई स्वतन्त्रता पूर्वक बाँच्न पाउनु उसको अधिकार हुन्छ । एकको अधिकारलाई संरक्षण गर्नु अरुको कर्तव्य हुन्छ । हिँसाले ईष्र्या र क्रोधलाई जन्माउँछ । अहिँसाले कलह र द्वेषलाई हटाउँछ । समाजमा शान्ति कायम हुन जान्छ । शान्त वातावरणले जीवन उपयोगी सबै व्यवहार गर्न सक्ने हुन्छ । त्यसैले अरुको हिँसा गर्नु हुँदैन । अहिँसा परेमोधर्म भनी आएको छ । हामीले पनि यस्तो आचरणलाई धारण गर्नु पर्छ ।
२) लोभ नगर्नु :– एकले अर्काको सम्पत्ति माथि लोभ गरी चोरी, डकैटी जस्ता अनैतिक व्यवहार गरी सम्पत्ति लिन खोज्यो भने त्यहाँ अशान्ति हुन्छ । अनैतिक सम्पत्ति हेर्दा एकथरीले पाएको जस्तो हुन्छ तर त्यसले शान्ति हुँदैन । यस्तो सम्पतिले सधैं मनलाई पिरोली रहेको हुन्छ । आखिर एकदिन यसले मानिसलाई दुःख नै दिन्छ । अरुको सम्पत्ति लिनेलाई पनि खराव गर्छ, गुमाउनेलाई पनि दुःख हुन्छ । यस्तो लोभ त्याग्यो भने मानिसमा चिन्ता र भय हट्न गई समाजमा शान्ति कायम हुन जान्छ । त्यसैले लोभ गर्नु हुँदैन भन्ने गरेको छ । लोभले लाभ लाभले पछि विलाप गर्नुपर्ने हुन्छ ।
३) व्यभिचार नगर्नु :– परपुरुष, परस्त्रीको सम्मान गर्नु नै व्यभिचार नगर्नु हो । व्यभिचारी मान्छेले जति कमाएपनि उसको सम्पत्ति स्थिर रहँदैन । समाजमा उसको इज्जत हुँदैन खराब आचरणले समाजनै विग्रन जान्छ । त्यसैले अरुको सम्मान गरी आचरण राम्रो बनाउनु पर्छ । एकले अर्काको सम्मान र इज्जत गर्न जान्यो भने त्यहाँ शान्ति र अमन चैन कायम हुन जान्छ । व्यभिचारीहरु नभएको समाजको प्रगति अवश्यम्भावी छ । त्यसैले असल समाज बनाएर बस्न व्यभिचार गर्नु हुँदैन ।
४) झुटो नबोल्नु :– अरुको अहित हुने गरी झुठो बोल्दै हिँड्दा समाजमा बेइज्जत हुन्छ । साँचो बोल्नेलाई सबैले विश्वास गर्छ । शुद्ध मनले राम्रो विचार आउँछ असल बोली र अरुको विश्वासले राम्रो काम गर्न सक्ने हुन्छ । समाजमा त्यस्तो व्यक्तिको मान सम्मान पनि हुन्छ । झुटो नबोल्दा आफ्नो जीवन यापन सरल र सफल हुन्छ । मानिस मानिसको सफलतानै समाजको सफलता हो । त्यसैले यस्तो अहितकारी झुटो कुरा बोल्नु हुँदैन । आखिरमा असत्यको हार र सत्यको जित त हुनेनै हुन्छ ।
६) लागु पदार्थ सेवन नगर्नु :– लागु पदार्थ सेवनले मानिसको सोच्ने शक्तिलाई नै छिन बनाई दिन्छ । शरीरलाई कमजोर बनाई दिन्छ । सत्य असत्य असल खराव छुट्याउन सक्दैन । स्वस्थ शरीर र असल विचारले काम गर्न नसकेपछि मानिसले आफ्नो जीवन सफल बनाउन सक्दैन । लागु पदार्थले नराम्रो सोचको विकास गर्ने र कुबाटोतिर लगाउने भएकोले यसलाई त्याग्न सक्नु पर्दछ । अनि स्वच्छ र असल विचारको विकास भई राम्रो काम गर्न सकेपछि आफ्नो जीवनको साथै समाजलाई असल बाटोतिर लान मद्दत पुग्न जाने हुन्छ । त्यसैले लागु पदार्थ सेवन गर्नु हुँदैन ।
यसरी हामी सामाजिक प्राणीले आफ्नो समाजको सुधार गर्नुछ भने पंचशीललाई अध्ययन गर्नु जरुरी छ । यसले मानवमा शान्ति र मैत्री भाव जगाउँछ । संयमी र अनुशासित बनाउँछ र जीवन सफल बनाउँछ । त्यसैले यसलाई मनन गरी आफूले पनि पालन गर्ने र अरुलाई पनि पालना गराउन सकेमा यस भगवान बुद्धको पंचशील उपदेशले आजको रक्षक नै भक्षक नैतिकताको पाठ सिकाउनेहरु नै अनैतिक काम गर्ने व्यभिचारी, भ्रष्टाचारी भएको यस्तो समाजमा अवश्य सुधार गरी परिवर्तन ल्याउन सक्ने हुन्छ र कल्याणकारी समाज सृजना हुन
जान्छ ।
“भवतु सब्व मंगलम्”

— अर्जुन महर्जन
सहिदपथ, पाँगा
सहिदपथ, पाँगा
No comments:
Post a Comment