Friday, May 24, 2013

पद्मकाष्ठपुर बचतको पाँचौं साधारण सभा सम्पन्न

वर्ष १०, अंक ८ (२०७० जेठ १० गते शुक्रबार प्रकाशित)

पद्मकाष्ठपुर बचतको पाँचौं साधारण सभा सम्पन्न

    कीर्तिपुर । पद्मकाष्ठपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँचौं बार्षिक साधारण सभा शनिबार कीर्तिपुरमा सम्पन्न भयो । सो साधारण सभाबाट राजकुमार मालीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरियो । समितिका उपाध्यक्षमा विष्णु महर्जन, सचिब बालकृष्ण मानन्धर, कोषाध्यक्षमा ज्ञानसुन्दर महर्जन, सदस्यहरुमा त्रायमान महर्जन, मानभाई पोडे, बाबुराजा महर्जन, देवलरत्न महर्जन र हरिबहादुर महर्जन रहनुभएको छ ।
    त्यसैगरी लेखासमितिमा राजेन्द्र महर्जन, लक्ष्मी बहादुर महर्जन र बशलाल महर्जन निर्वाचित भएका थिए ।

No comments:

Post a Comment