Friday, May 24, 2013

‘सम्यक दृष्टि’ पुस्तक विमोचन

वर्ष १०, अंक ८ (२०७० जेठ १० गते शुक्रबार प्रकाशित)

‘सम्यक दृष्टि’ पुस्तक विमोचन

    कीर्तिपुर । नेपाल परम्परागत बौद्ध धर्म संघ शाखा कीर्तिपुरको आयोजनामा मिति २०७० साल बैशाख ४ गते शनिबार जगतपाल महाविहार चिलंच्व कीर्तिपुरमा यस संस्थाका अध्यक्ष डा.कवीन्द्र बज्राचार्यद्वारा लिखित ‘सम्यक दृष्टि’ पुस्तक चक्रेश्वर आःजु धर्मराज बज्राचार्यबाट बिमोचित भयो ।
    उप प्रा.बज्रमुनि बज्राचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल परम्परागत बौद्ध धर्म संघ केन्द्रीय कार्यालय ललितपुरबाट उपाध्यक्ष शंखरत्न बज्राचार्य, भक्तपुर शाखाबाट अध्यक्ष पुष्परत्न शाक्य, त्रिरत्न कीर्ति विहारबाट जुलुम शाक्य, नगांबाट बाबुराम महर्जन, सतुंगलबाट संघरत्न महर्जन, जगतपाल महाविहारका अध्यक्ष बाबुकाजी बज्राचार्यको पनि उपस्थिति थियो ।
    पुष्परत्न बज्राचार्यबाट संचालन गरिएको उक्त कार्यक्रममा नेपाली बज्रयान विहारका सदस्य संघरत्न बज्राचार्यले लुम्बिनीमा निर्माणाधीन अवस्थामा रहेको बज्रयान विहारको हालसम्मको विवरण पेश गर्नु भएको थियो भने उक्त पुस्तकका लेखक डा. कवीन्द्र बज्राचार्यबाट पुस्तकको संक्षिप्त जानकारी दिनु भयो । स्वागत भाषण कीरण कुमार बज्राचार्यले गर्नु भएको थियो । उक्त कार्यक्रममा आयोजकबाट यही आउने जेष्ठ ११ गते बुद्ध जयन्तीको दिन चिलंच्व विहारमा विहानदेखि हुन लागेको कार्यक्रममा सहभागी हुनको लागि सम्पूर्ण कीर्तिपुरबासीलाई अपील पनि गरिएको छ ।

No comments:

Post a Comment