Friday, May 24, 2013

पुष्पसदन र बाघभैरव फाइनल भिड्ने

वर्ष १०, अंक ८ (२०७० जेठ १० गते शुक्रबार प्रकाशित)

पुष्पसदन र बाघभैरव फाइनल भिड्ने

    कीर्तिपुर । नव क्षितिज युवा क्लव पाँगा कीर्तिपुरको आयोजनामा भएको दक्षिण भेगीय अन्तरविद्यालय फुटबल प्रतियोगिता २०७० को अन्तिम भिडन्त पुष्पसदन आमावि ढल्पा र बाघभैरव मावि गोदामचौरबीच भोलि शनिबार हुने भएको छ ।
    बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा पुष्पसदन र कीर्ति स्कुलबीच रोमाञ्चक खेल भएको थियो ।
    पुष्पसदनले पहिलो हाफमा ११ औं मिनेटमा कप्तान सागर थापाले गोल गरेर अग्रता लिएको थियो भने मध्यान्तरपछि कीर्ति स्कुलका निवेन महर्जनले ३८ औं मिनेटमा बराबरी गोल गरेको थियो । खेल बराबरी भएपछि अन्ततः थप समयमा पनि दुवै टीमले गोल गर्न नसकेपछिा टाई–ब्रेकरबाट  निर्ण गरिएको थियो । टाई–ब्रेकरमा पुष्पसदनले कीर्तिलाई ३–२ ले पराजित गरी फाइनल यात्रा तय गरेको थियो ।
    त्यसैगरी मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा बाघभैरव मावि र राराहिल स्कुलबीचको खेलमा पनि सुरुदेखि नै दुवै टीमले आक्रमक खेल खेलेका थिए । राराहिलले मध्यान्तरअधि नै गोल गरे भने बाघभैरवले मध्यान्तरपछि थ्रोइङ्गबाट गोल गरेको थियो । यी दुई टीम पनि रोचक र आक्रमक सुन्दर खेल प्रदर्शन गरेपनि समयावधी सम्म १–१ को बराबरी खेलेका थिए र सो खेल पनि टाई–बे्रकरबाट निर्णय गरिएको थियो ।
    टाई–ब्रेकरमा बाघभैरवले राराहिललाई ३–१ ले पराजित गरी फाइनल यात्रा सुरु गरेको थियो ।
    फाइनल खेल तथा समापन समारोह भोलि विहान ११ बजे हुनेछ । नवक्षितिज युवा क्लवको वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित यो प्रतियोगिताको समापन तथा पुरस्कार वितरण एन्फाका उपाध्यक्ष तथा हिमालयन शेर्पा क्लवका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले गर्नुहुने आयोजकले जनाएको छ । प्रतियोगिता बैशाख २८ गतेबाट सुरु भएको थियो ।

No comments:

Post a Comment