वर्ष १०, अंक ८ (२०७० जेठ १० गते शुक्रबार प्रकाशित)
जानी राखे राम्रो हुन्छ !
कहिलेकाँही मानिस यति भ्रममा रहेको हुन्छ कि उसलाई लाग्दछ उसले चाहना गरेको बस्तु नै उसको आवश्यकता हो । वास्तवमा एउटा मानिसलाई बाँच्नको लागि गाँस, बास र कपासको साथै माया र प्रेमको पनि आवश्यकता रहेको हुन्छ ।
कतिपय अवस्थामा यी सबै बुराहरु हुँदाहुँदै पनि मानिस अरु थपको खोजीमा भौंतिरिरहेको हुन्छ र आफूलाई दुःखी तुल्याईरहेको हुन्छ । विभिन्न प्रकारका भौतिक बस्तुहरु, मीठा–मीठा खानेकुराहरु, एउटा प्रेमी वा प्रेमिका, पैसा साथै मान–सम्मान, आदि । मानिस यिनै बस्तुहरुको वरिपरि मात्र आफ्नो जीवनलाई दौडाइरहेको हुन्छ ।
फेरि कपिय अवस्थामा आवश्यक कुराहरुको अभावमा मानिस आफूलाई सन्तुष्ट पार्नको लागि बाह्य बस्तुहरुको सहरा लिन पुग्दछ । जस्तैः नशा तथा अन्य गलत बाटोहरु । जे आवश्यक छ त्यसको परिपूर्तिको लागि पो मिहिनेत गर्नुपर्ने हो, तर मानिस यर्थाथको सामना नगरी, आफूले चाहेको र आफूले कल्पना गरेको अवास्तविक संसार पाउनको लागि आफ्नो सारा उर्जा नकारात्मक क्रियाकलापमा खर्च गरिरहेको हुन्छ । यथार्थमा मानिसको आवश्यकता भनेको मानवताको विकास, शान्तिको विकास, अध्यात्मिकको प्रगति गर्नु हो । त्यस्तै माया–प्रेम, उत्साह–उमङ्ग हो । तसर्थ मानिसले आफ्नो विवेकको प्रयोग गर्दै आवश्यकता र चाहना बीच अन्तर पत्ता लगाउनुपर्ने हुन्छ । आफूसँग जे छ र आफू जस्तो हालतमा छ त्यसैमा नै सन्तुष्ट भएर बाँच्नुपर्ने हुन्छ ।
याद गर्नुहोस्, हाम्रो ऐतिहासिक शहर कीर्तिपुरमा पनि नकारात्मक क्रियाकलाप सँगसँगै आकर्षक रेष्टुरेण्टको विकास तीव्र रुपले बढेका छन् । रेष्टुरेण्ट खोल्नु कसैलाई बिगार्नु होइन, आफ्नो जीवना निर्वाह गर्नु तथा उनको व्यवसाय हो । कोही पनि व्यक्ति रेष्टुरेण्टमा गई कतिको जाँड–रक्सी खाँदा ठीक हुन्छ भन्ने कुरा खाने मान्छेको क्षमताको भरमा पर्छ । कुनैपनि नशालु पदार्थ क्षमता भन्दा बढी खाए स्वयं आफ्नै गल्ती हो । यसरी रेष्टुरेण्टमा गई धेरै मानिसमा श्रीमान् तथा छोाहरु बिग्रँदै गइरहेको हाम्रो सामु प्रशस्त छन् । त्यस्तै आफ्ना श्रीमान् तथा छोराहरुले जाँड–रक्सी तथा अन्य नशालु पदार्थ सेवन गरेको कुरा पत्ता नलागेका अवस्था पनि धेरै छन् ।
यदि श्रीमान् तथा छोराहरुले जाँड–रक्सी तथा ड्रग्स जस्ता नशालु पदार्थ सेवन गरेको थाहा छ भन् वास्ता नगरी चुप लागेर बस्ने उनका घर–परिवारको गल्ती हो । किन कि कोही पनि मासिनले आफ्नो गल्ती आफूले पत्ता लगाउन सकिँदैन । जस्तैः मानिसको अनुहारमा कुनैपनि दाग भए–नभएको एउटा ऐनाबाट थाहा हुन्छ । त्यस्तै मानिसको व्यवहार तथा कुनैपनि क्रियाकलाप अरु कोही मानिसले राम्रो वा नराम्रो भन्ने कुरा पत्ता लगाउन सकिन्छ ।
म यसै लेखद्वारा पश्न गर्न चाहन्छु, के तपाईंको घर–परिवारमा कसैलाई जाँड–रक्सी वा ड्रग्स जस्ता डरलाग्दो नशामा फसेका छन् ? यदि छ भने आफूले आफैलाई अर्को प्रश्न सोध्नु, संसारमा पैसा ठूलो कि जीवन ठूलो ? जीवन ठूलो छ भने लागु पदार्थ सेवन गर्नेलाई नयाँ जीवन दिने बाटो खोज्नुस् ।

— प्रो. राजेन्द्र अमात्य
फिट्नेस प्वाइन्ट ट्रेडिङ
फिट्नेस प्वाइन्ट ट्रेडिङ
No comments:
Post a Comment