वर्ष १०, अंक ७ (२०७० जेठ ३ गते शुक्रबार प्रकाशित)
सहकारी पनि मर्ज गर्नु आवश्यक
कीर्तिपुर । ‘कमजोर सहकारी संस्थाहरु मर्ज गरेर जानु आवश्यक रहेको छ ।’ सो भनाई राष्ट्रिय सहकारी संस्थाका अध्यक्ष केशव बरालले कीर्तिपुरमा सहकारी समन्वय समितिद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा व्यक्त गर्नु भएको हो । वहाँले कीर्तिपुरमा संचालित सहकारी संस्थाबीच एक आपसमा सम्बन्ध, एकरुपता ल्याउन मद्दत पुग्ने भएकोले प्रशंसा गर्नुभयो । वहाँले सबै सहकारीले सहकारी भावनाले काम गर्न सल्लाह दिनुभयो ।
कार्यक्रममा पाँगा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सरवकुमार महर्जनले कार्यक्रमको औचित्यबारे बोल्नुभएको थियो ।
पाँगा महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मेनुका महर्जनले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रमा कीर्तिपुर बुहउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रमेश महर्जनले पनि बोल्नुभएको थियो ।
कार्यक्रम सहकारी समन्वय समितिका अध्यक्ष एवं किपू बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सिद्धिकुमार मानन्धरको सभापतित्वमा भएको थियो ।

No comments:
Post a Comment