वर्ष १०, अंक ७ (२०७० जेठ ३ गते शुक्रबार प्रकाशित)
“दबाब र बाध्यात्मकमा फस्नेले राजनीति छोड्नुपर्छ”
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले वर्तमान सरकारको गतिविध हेर्दा चुनावी सरकारको जस्तो देखिएको छैन भन्नुभयो ।
बुधबार सगरमाथा टेलिभिजनको सगरमाथा विशेषमा प्रकाश गिरीसँग कुराकानी गर्दै अध्यक्ष बिजुक्छेंले निर्वाचनसम्बन्धी कानुन बनाउने र वातावरण बनाउने कार्य सरकारले गर्छ र निर्वाचन भने निर्वाचन आयोगले गर्छ भन्दै निर्वाचन गर्ने वातावरण बनाउन नसकेको बताउनुभयो ।
उहाँले अब हुने निर्वाचनमा कहाँबाट कति जना आफ्नो मान्छे निर्वाचित गर्नेबारे हिसाबकिताब देश बाहिर भइरहेको हुँदा ठूला पार्टीले निर्णय गरेको खाकालाई परिवर्तन गराउन खोजेको बताउनुभयो ।
उहाँले बिग्रन्छ भन्ने थाहा हुँदा हुँदै गल्ती गर्नु विश्वासघाती कार्य हो भन्दै बारम्बार गल्ती गर्ने नेतालाई पदबाट हटाउनुपर्छ भन्नुभयो ।
दबाब र बाध्यात्मक स्थिति भएको भन्नेले राजनीति नै छोड्नुपर्छ भन्दै उहाँले राजनीतिक विषयमा जानकार व्यक्तिलाई राजनीतिक नेतृत्व दिनुपर्ने बताउनुभयो ।
चार दलले संविधानसभाको ४९१ संख्या निर्णय गरेपछि विदेशीको दबाबमा ६०१ स्वीकार गरेको सम्भावना उहाँले स्पष्ट पार्नुभयो ।
संसद र संविधानसभा एउटै हुँदा भद्रगोल हुने भएकोले नेमकिपाले २०५ जनाको संसद अलग र सयजना जतिको बुद्धिजीवीहरुको संविधानसभा हुनुपर्ने प्रस्ताव संविधानसभा निर्वाचनभन्दा अगाडि गरेको र अहिले पनि संसदको निर्वाचन हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
२०६२÷०६३ को जनआन्दोलनमा सद्भावना पार्टीलाई सात दलमा सहभागी गराएदेखि आन्दोलन जनताको हातबाट फुट्किएको र त्यसपछि १२ बुँदे समझदारी भएको चर्चा गर्दै उहाँले नेमकिपाले १२ बुँदे समझदारीमा रहेको कमजोरीको निरन्तर विरोध गरेको स्मरण गर्नुभयो ।
उहाँले राजनीतिक दलहरु एक आपसमा नमिलेको हुँदा देशमा पूँजीवादी कर्मचारीतन्त्र अभ्यास भएको हो भन्नुभयो । उहाँले संशोधित संविधानअनुसार मन्त्रिपरिषद्का अध्यक्ष र मन्त्रीहरुको अभिव्यक्ति सुन्दा सरकार चार दलद्वारा चलेको देखिन्छ तर संविधान र कानुन चार दललाई पनि लागु हुन्छ भन्नुभयो ।
निर्वाचनलाई बहिष्कार गर्ने राजनीतिक अधिकार पनि जनतासँग हुने उहाँले बताउनुभयो ।
उहाँलेृ शासक दल सरकारको नेतृत्वमा रहेर निर्वाचन गर्ने भएको हुँदा दलीय सहमतिको सरकार बन्ने सम्भावना न्यून भएको बताउनुभयो । देशको सम्पूर्ण संरचना ध्वस्त बनाउने विदेशीको योजनाअनुसार नयाँ संरचना बनाउने शासक दलले स्थानीय निकायको निर्वाचन नगराएको बताउनुभयो ।
कमजोर विद्यार्थीले शिक्षकको मुख ताकेजस्तै अपरिपक्व राजनीतिक नेताले विदेशीको भरपर्नु स्वभाविक हो, उहाँले भन्नुभयो ।

No comments:
Post a Comment