वर्ष १०, अंक ७ (२०७० जेठ ३ गते शुक्रबार प्रकाशित)
नेमकिपाका प्रतिनिधिहरूद्वारा मन्त्रिपरिषदको ध्यानाकर्षण
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव सुनिल प्रजापति र पार्टी विदेश सम्बन्ध प्रमुख प्रेम सुवालले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग भेटी संविधानसभा निर्वाचनबारे पार्टीको दृष्टिकोण र जनताको समस्याबारे ध्यानाकर्षण गराउनुभयो ।
प्रधानमन्त्रीको कार्यकाल सिंहदरबारमा सोमबार भएको भेटमा सचिव प्रजापतिले सरकार चार दलको संयन्त्रको निर्देशनमा चल्न नहुने, संविधानसभा निर्वाचनमा धेरै दलहरू सहभागी गराउन समानुपातिकमा एक प्रतिशत मत प्राप्त गर्न नसक्ने दलहरूलाई संविधानसभामा प्रतिनिधित्व नगराउने अप्रजातान्त्रिक व्यवस्था राख्न नहुने र सर्वदलीय बैठकलाई निरन्तरता दिनुपर्ने पार्टीको दृष्टिकोण रहेको स्पष्ट पार्नुभयो ।
उहाँले एक दशकभन्दा बढी समयदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन भइरहेको हुँदा जनताले दुःख पाइरहेको तर्फबाट अध्यक्ष रेग्मीको ध्यानाकर्षण गर्दै भन्नुभयो –‘नेमकिपा छिटोभन्दा छिटो स्थानीय निकायको निर्वाचनको पक्षमा छ ।’
उहाँले ‘ठूला’ दलहरूबीच संविधानसभाको सदस्य ६०१ नै बनाउने कुरा चलिरहेको बताउँदै संविधानसभाको आकार ठूलो बनाउन नहुने नेमकिपाको धारणा रहेको बताउनुभयो ।
‘जनता खानेपानीको समस्या, लोडसेडिङ्ग, महँगी र भ्रष्टाचारबाट पीडित छन् । सरकारले जनताको समस्या समाधान गर्नेतर्फ पनि अग्रसरता लिनुपर्छ’ – उहाँले भन्नुभयो ।
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले नेमकिपाको सुझावलाई आफूले सकारात्मक रूपमा लिएको बताउँदै संविधानसभाको निर्वाचनमा नेमकिपाबाट सहयोग गर्न आग्रह गर्नुभयो । वहाँले स्थानीय निकायको निर्वाचनको सुनिश्चितता गरेरमात्रै आफूले सरकार छोड्ने बताउनुभयो ।
वहाँले ‘मेरो पालामा स्थानीय निकायको निर्वाचनसम्बन्धी मुद्दा फैसला भएको हो र आफू स्थानीय निकायको निर्वाचनको पक्षमा रहेको स्पष्ट पार्नुभयो ।

No comments:
Post a Comment