Friday, February 1, 2013

हात्तीपाइले(फाइलेरियो) रोग

वर्ष ९, अंक ४२ (२०६९ माघ १९ गते शुक्रबार प्रकाशित

हात्तीपाइले(फाइलेरियो) रोग

१) हात्तीपाइले रोग भेनेको के हो ?

      हात्ती पाइले (फाईलेरिया) रोग कुष्ठ रोग जस्तै मानिसलाई नराम्रो गरि शारिरीक रुपमा असक्त, असमर्थ तथा अपाङ्ग तुल्याउने सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको परजिवीबाट संक्रमण भए पछि लाग्छ । क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले स्वास्थ्य मानिसलाई तोकेर यी परजिवीहरु शरीरमा प्रवेश गरेपछि यो रोग लाग्छ । यस्तो परजिवी तीन प्रकारका हुन्छन् ।
क) उचेरेरया बाँक्रोफ्टी : ९० प्रतिशत
ख) ब्रजिया मलायी : ५ प्रतिशत
गं ) ब्रुजिया टिमोरी : ५ प्रतिशत
नेपालमा हात्तीपाइले (फाईलेरिया) रोग उचेरेरिया बाँक्रोफ्टीद्वारा मात्र लाग्ने गरेको पाइएको छ ।

२) हात्तीपाइले (फाईलेरिया) रोगको परजिवीको जीवन चक्र

    हात्तीपाइले (फाईलेरिया) परजिवीहरुले आफ्नो जीवन चक्रको केही भाग मान्छे भित्र र केही भाग लामखुट्टे भित्र विताउँदछ ।

२.१) मान्छेमा हुने चक्रको भाग

क्यूलेक्स तथा अन्य जातको संक्रमित पोथी लामखुट्टे (फाईलेरिया) परजिवीबाट संक्रमित भएकाले मान्छेलाई टोक्दा यसका मुख र सुँढ (प्रोवोसिस) मा रहेको इन्फेक्टीभ् स्टेजको (लार्भा तेश्रो अवस्था) परजिवी मानिसको छाला भित्र प्रवेश हुँदै शरीरको लिम्फ नलीहरुमा पुग्दछ । यी लार्भा परजिवी सो ठाउँमा (लिम्फ नलीमा) विस्तारै जवानी अवस्थामा (उचेरेरिया बाँक्रोफ्टी) विकसित हुन थाल्दछन र यिनीहरुको उपस्थितिले गर्दा पछि लिम्फ नलीहरुमा लिम्फ सञ्चालन कार्यमा अवरोध उत्पन्न हुने गर्दछ । यसैको कारणले सोगथाउँ वरीपरी सुनिएर आउने हुन्छ । यस्तो अवस्था शरीरको विभिन्न भागहरुमा हुन सक्ने भए तापनि अकसर खुट्टामा र यौनाङ्गमा बढी हुने गरेका देखिएको छ । समय वित्दै जाँदा खुट्टा हात्तीको पाइला जस्तै भएर जाने भएका कारणले नै हात्तीपाइले (फाईलेरिया) भनेर नामाकरण गरिएको हुनसक्छ । जवानी अवस्थाम पुगेको पोथी (उचेरेरिया बाँक्रोफ्टी) परजिवीले अत्यन्तै सानो आकारका (०.३ मि.मी) बच्चाहरु (माइक्रोफाइलेरिया) पैदा गर्दछन् । यी बच्चाहरु दिउँसो मान्छेको रगत वग्ने ठूला नलीहरुमा वस्ने गर्दछ भने रात्रीको समयमा छाला मुनिका मसिना रगतनलीहरुमा गएर वस्ने गर्छन । यही कारणले गर्दा हात्तीपाइले (फाईलेरिया) रोगबाट संक्रमण भएका छ छैन सो को रोग निदान गर्न रगत जाँच गर्नकालगि रगत नमूना राती सुतेको समयमा रात्री १० बजे देखि विहान २ बजे भित्र को समय पारेर लिइन्छ ।
    पहिलो संक्रमण (लामखुट्टेको टोकाई) भएदेखि शरिरमा परजिवी जवानीभै भाले परिजिवीसँग संसर्ग पछि उत्पादन भएका बच्चाहरु (माइक्रोफाइलेरीया) ब्यक्तिको रगतमा देखिन कम्तिमा नौ महिना लाग्छ । परजिवीको आयु सालाखाला ४–६ बर्षको हुन्छ तर यिनीहरु १५ बर्ष सम्म पनि बाँच्न सक्छन् ।

२.२ लामखुट्टेमा हुने चक्रको भाग

    हात्तीपाइले (फाईलेरिया) परजिवीद्वारा संक्रमित भएको मान्छेको शरीरमा खासगरी रात्रीको समयमा छालामुनी रहेका रगत नलीहरुमा बच्चाहरु (माइक्रोफाइलेरीया) आएर बस्ने हुँदा सो समय तिर क्यूलेक्स या अन्य जातका लामखुट्टेले टोक्ने मौका पायो भने चुसेको रगतसँगै ती माइक्रोफाइलेरीया पनि उक्त लामखुट्टेको पेटभित्र पुग्दछन र सो लामखुट्टे यस प्रकारले संक्रमित हुन पुग्छ । लामखुट्टेको पेटमा पुगेको माइक्रोफाइलेरीया तुरुन्त छातिका मासुमा गएर बस्ने गर्छन् जहाँ यिनीहरुको विकास विस्तारै भै लार्भा पहिलो , दोस्रो अनि तेश्रो अवस्थामा पुग्छन यो तेस्रो अवस्थाको लार्भा लाई संक्रमणकारी परजिवी (इन्फेकटीभ् स्टेज) भन्दछन् । यो इन्फेक्टीभ स्टेजको परिजिवीहरु लामखुट्टेको टाउको र सुँढ (प्रोवोसिस) मा गएर बस्छन र कुनै पनि बेलामा अर्को स्वास्थ मान्छेलाई  यी संक्रमित लामखुट्टेले टोक्दा ती परजिवीहरु उक्त ब्यक्तिमा सर्ने हुन्छ र यसरी त्यो ब्यक्ति हात्तीपाइले (फाईलेरिया) परजिवीबाट संक्रमित हुन जान्छ । लामुखट्टेमा परजिवीको विकास हुन १–२ हप्ता लाग्दछ ।

हात्तीपाइले (फाईलेरिया) रोगको लक्षण तथा चिन्हहरु

¨ जाडो लागि ज्वरो आउनु र शरिरमा कम्पन हुनु,
¨ लिम्फ नलीहरु सुन्निनु, रातो भई दुख्नु, हात गोडामा नीलाकाला धर्साहरु देखिनु,
¨ गीर्खा आउनु दुख्नु,
¨ पुरुषमा अण्डकोष वरपरका नसाहरु फुल्नु/दुख्नु
¨ अण्डकोष ठूलो हुनु, दुख्नु  गिर्खाहरु भेटिनु, पछि हाइड्रोसिल अथार्त अण्डकोष वरपरी पानी भेर ठूलो अकार हुनु
¨ महिलामा यौनाङ्ग अथवा स्तन सुन्निनु/दुख्नु
¨ खुट्टा सुनिएर हात्तीपाइले (फाईलेरिया) हुनु
¨ हात सुन्निनु
¨ पिसावमा दुध÷दही जस्तो बाक्लो सेतो लेदो आउनु
¨ लामो समयसम्म सुख्खा खोकी लागिरहनु, दम बढ्नु, रगतमा इयोसिनोफलिया देखिनु ।
हात्तीपाइले (फाईलेरिया) रोगको परीक्षण
हात्तीपाइले (फाईलेरिया) रोग निम्न तरिकाहरुबाट पत्ता लगाउन सकिन्छ ।
¨ रोगका लक्षण तथा चिन्हरुबाट
¨ ठीक समयमा लिएको रगत जाँच गरी परजिवी  (माइक्रोफाईलेरीया) फेला पारेर
¨  हाइड्रोसिलबाट निकालेको झोल पदार्थ या पिसाव जाँच गरी परजिवी (माइक्रोफाईलेरीया ) पत्ता लगाएर
¨ सेरोलोजिकल तरीबाट (इम्यूनोकोमातोग्राफिक टेष्ट)
    हात्तीपाइले (फाईलेरिया) रोग विश्वका ८३ मुलुकहरुमा पाइएको छ । यी देशहरुमा बसोवास गर्ने एक अर्व भन्दा बढी मानिसहरुलाई यो रोग लाग्न सक्ने संभावना छ । हाल १२ करोड मानिसहरु यो रोगबाट संक्रमित छन् । यस मध्ये १.५ करोड मानिसहरुमा हात्तीपाइले र २.५ करोडमा अण्डकोष तथा यौनाङ्ग सुन्निएको पाइएको छ ।
    त्यस्तै सन २००१ मा ३७ जिल्लाहरु र २००५ मा १३ जिल्लाहरुमा इम्मुनोक्रोमाटोग्राफिक इपिडिमियोलोजीकल म्यापिङग गरिएका अध्ययनबाट र एकिकृत स्वास्थ्य ब्यवस्थापन सूचना प्रणाली (HMIS) बाट प्राप्त तथ्याङकको आधारमा जम्मा ६० जिल्लाहरु यो रोगबाट प्रभावित भएको पाइएको छ । (स्रोतः स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ।)

No comments:

Post a Comment