वर्ष ९, अंक ४१ (२०६९ माघ १२ गते शुक्रबार प्रकाशित)
नेमकिपाको ३९ औं पार्टी स्थापना दिवस (माघ १०)
संशोधनवाद र आत्मसमर्पण विरुद्ध नेमकिपा
नेमकिपा कम्युनिष्ट पार्टीभित्र देखा परेको संशोधनवाद नीतिको सैद्धान्तिक विरोध गर्दै स्थापना भएको हो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायण मान बिजुक्छें रोहितले सो भनाई नेमकिपा जिल्ला समिति काठमाडौंद्वारा आयोजित पार्टीको ३९ औं पार्टी स्थापना दिवसको अवसरमा राजधानी स्थित नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको विचार गोष्ठी कार्यक्रममा व्यक्त गर्नुभएको विचार हो ।
‘नेपालको कम्यूनिष्ट आन्दोलन र वर्तमान राजनैतिक स्थितिमा नेपाल मजदुर किसान पार्टीको भूमिका’ विषयक विचार गोष्ठी कार्यक्रममा प्रमुख अतिथि का. रोहितले पार्टी ठूलो बनाउने नाममा जो पायो त्यसैलाई सदस्यता दिन हुँदैन पार्टीमा हुल्याउनु नहुने बताउनुभयो ।
माक्र्सवाद लेनिनवाद र माओ त्सेतुङ्ग विचारधारा पथप्रदर्शक सिद्धान्त त्यागेको विरुद्ध नेमकिपा स्थापना भएको स्मरण गराउँदै रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन, भारतीय सरकारको कारण पाकिस्तानबाट बंगलादेश छुट्टिएको कुरा अस्वीकार गरेको विरुद्ध नेमकिपाको स्थापना भएको हो । नेपाल मजदुर किसान पार्टी स्थापनाले देशमा इमान्दार र नैतिकवान भई राजनीति गर्न सकिन्छ भन्ने प्रकाश दिइरहन सफल भएको छ । बहुसंख्यक कामदार जनताको अन्याय अत्याचारबाट मुक्त समाजवाद मात्र हुन सक्दछ भन्ने प्रचार अभियानले कम्युनिष्टको भविष्य सुनिश्चित छ भन्ने शिक्षा दिएको छ भन्नुभयो ।
सरकार असफल भैसकेको र यसले सुशासन दिन नसकेकोले राष्ट्रपतिलाई सत्ता हस्तान्तरण गर्नु पर्दछ भन्दै अहिलेको वर्तमान राजनीतिक अन्यौलको अन्त्य राष्ट्रपतिमार्फत् स्वतन्त्र र तटस्थ व्यक्तिको सरकार गठन गरी संसदीय निर्वाचन तुरुन्त गर्न हो वहाँले भन्नुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य नवराज कोरालाले नेमकिपा कामदार जनताको पार्टी हो । अति विकट जिल्लामा कम्युनिष्टको जग हाल्ने पार्टी अविचलित भई देश र जनताको सेवा गर्दै जानेछ भन्नुभयो ।
वहाँले एमाले कम्युनिष्ट नभएझैं माओवादी व्यवहारले कम्युनिष्ट भन्न नसकिने बताउनुभयो ।
केन्द्रीय सदस्य सनकमान महर्जनले पार्टी स्थापनाको कारणबारे स्पष्ट पार्दै युवा बेरोजगारलाई स्वदैशमै रोजगारको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
नेमकिपा काठमाडां जिल्ला समितिका अध्यक्ष नारायण महर्जनको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष नरमान महर्जन, सचिव राजवीर डंगोल, सदस्य गीता महर्जनले पनि पार्टीको इतिहासबारे बोल्नुभएको थियो ।

No comments:
Post a Comment