वर्ष ९, अंक ४१ (२०६९ माघ १२ गते शुक्रबार प्रकाशित)
तेस्रो नेवाः एकता दिवस कीर्तिपुरमा सम्पन्न
गैर नेवारहरुलाई स्थान दिएकोमा सहभागी असन्तुष्ट
कीर्तिपुर । नेवाः एकता दिवस कीर्तिपुरमा माघ ७ गते सम्पन्न भएको छ ।
उपत्यकालगायत आसपासका गाउँका नेवारहरुको सहभागिता रहेको सो दिवस सांस्कृतिक
र्याली सहित नयाँबजारबाट पाँगा–नगाउँ–कीर्तिपुर परिक्रमा गरी नगाउँ
दोबाटोमा पुगी सभामा परिणत भएको थियो ।
सभामा एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नयाँ नेपाल निर्माणमा नेवारहरुले अग्रनी भूमिका खेल्नुपर्ने बताउनुभयो । नेपाली काँग्रेसका नेता नरहरी आचार्य पहिचान सहितको संघीय राज्य हुनुपर्नेमा जोड दिँदै जातीय द्वन्द्व हुने पहिचान नेपाली जनताले चाहेको छैन भन्नुभयो । नेकपा एमालेका नेता जीवनराम श्रेष्ठले देश र जनताको हितमा नेकपमा एमाले सधैं संघर्षरत रहेको बताउनु भयो । संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले संविधानसभाको पुनःस्थापना गर्नुपर्नेमा जोड दिनुभयो । नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष केशवमान शाक्यले संविधानसभा विघटनमा सभामुखको गैर जिम्मेवारी र नेकपा एमालेको कारण भएको बताउनुभयो ।

नेवाः स्वायत्त राज्य मंका संघर्ष समितिका एवं कार्यक्रम आयोजकका अध्यक्ष
गजेन्द्र मानन्धरको सभापतित्वमा भएको सो कार्यक्रममा संघर्ष समिति
कीर्तिपुरका अध्यक्ष पञ्चलाल महर्जन, नेवाः लोकतान्त्रिक संघका अध्यक्ष
केवी घजू लगायतले बोल्नुभएको थियो । सुरुमा इन्द्रेणी सांस्कृतिक समाज
कीर्तिपुरद्वारा स्वागत गीत र नृत्य प्रस्तुत गरिएको थियो ।
आधा घण्टाको र्याली
नेवाः एकता दिवसको र्यालीमा सहभागीहरुको अवलोकन एक ठाउँमा बसेर हेर्नेले
आधा घण्टाको हरेको बताएका छन् । सहभागीता धेरै राम्रो थियो तर सभास्थल
पुग्दा चौंथाई मात्र सभामा देखेको प्रत्यक्षदर्शीको भनाई छ ।
मेट्रो एफएमको प्रतिक्रिया कार्यक्रम
श्रीकृष्ण ज्यापुले मेट्रो एफएममा माघ ८ गते विहान प्रतिक्रिया कार्यक्रम
संचालन गरी उक्त कार्यक्रमबारे प्रतिक्रिया मागेको थियो । सहभागी मध्येका
विस्वनाथ श्रेष्ठले दिवसमा सहभागी भएकाहरुले दिवसमा जानुको कारण थाहा
नभएको, सबै जानुपर्छ भन्यो त्यसैले उपस्थिति जनाएको भन्ने प्रतियक्रया
आएपछि स्कुलिङ्ग नपुगको मनमा लाग्यो । वहाँले कीर्तिपुरका चिनेका साथीहरु
जो नेवाः नेवाः भनेर हिँड्थे तिनिहरु पनि देखेन भन्ने प्रतिक्रिया जनाए ।
त्यस्तै पुलचोक, बुङ्गमतीबाट सहभागी भएका एक जनाले नेवाः एकता दिवसको कार्यक्रममा प्रचण्ड, कोइराला, झलनाथ, राई जस्ता गैर नेवारलाई किन मञ्चमा राख्यो ? के नेवाहरु मञ्चमा बस्न लायक छैनन् भन्ने प्रतिक्रिया दिए भने पद्यरत्न तुलाधर जस्तो लामो समयसम्म नेवाहरुको हक अधिकारको लागि संघर्ष गर्ने व्यक्ति ओझेलामा किन प¥यो ? भन्ने गुनासो पोख्नु भयो ।

नेवाः एकता दिवसमा किन कीर्तिपुर घोषणा भएन ?
दोस्रो नेवाः एकता दिवस पुल्चेकबाट घोषणा पत्र जारी गरी कीर्तिपुमा नेवाः
स्वायत्त राज्यको प्रयोग गर्ने घोषणा गरेको थियो । तर कीर्तिपुरमा सम्पन्न
नेवाः एकता दिवसबाट कीर्तिपुर भोषणा पत्र जारी गरेनन् । नेवाहरुले प्रश्न
उठाउन थोलका छन् ।
घोषणा गर्ने अनि कुनै व्यावहारिक कार्यान्वयन गर्न नसक्ने भएकाले कीर्तिपुर घोषणा जारी नगरेको नेवा बुद्धिजीवि बीच चर्चा चलेको छ ।
घोषणा गर्ने अनि कुनै व्यावहारिक कार्यान्वयन गर्न नसक्ने भएकाले कीर्तिपुर घोषणा जारी नगरेको नेवा बुद्धिजीवि बीच चर्चा चलेको छ ।
No comments:
Post a Comment