वर्ष ९, अंक ४१ (२०६९ माघ १२ गते शुक्रबार प्रकाशित)
‘माओवादी जातीवादी पार्टी हो’— नेपाली कांग्रेस
कीर्तिपुर । ‘एकीकृत नेकपामाओवादी पार्टी माओवादको सिद्धान्त त्यागेर जातिवादी पार्टी बनेको छ । जातिवादी नारा उचालेर शासन गरिरहेको छ ।’ नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडलले शनिबार पार्टीको कीर्तिपुर नगर सम्मेलन उद्घाटन कार्यक्रममा सो भनाई राख्नु भएको हो ।
पाँगा कृष्ण सिनेभिजनमा भएको कीर्तिपर नगर सम्मेलनको उद्घाटन पार्टीका उपसभापति पौडलले पानसमा दीप प्रज्ज्वलनगरी गर्नुभएको थियो ।
त्यसक्रममा वहाँले एनेकपा माओवादीलाई सत्ता कब्जा गर्न सोच रहेको, आफ्नै
जनमुक्ति सेनाको शिविरमा अर्बौं रकम भ्रष्टाचार गरेको आरोप लगाउनुभयो ।
वहाँले मुलुकले राजनीतिक निकासको लागि यो सरकार तत्काल हट्नुपर्ने र अट्टेर गरेमा आन्दोलनले हटाउने छ भन्नुभयो ।
कार्यक्रममा विशेष अतिथि नेका महामन्त्री प्रकाशमान सिंहले आन्दोलनमा सवै कीर्तिपुरवासीले साथ दिनुपर्ने बताउनुभयो ।
केन्द्रीय सदस्य धनराज गुरुङले जातीय राज्यले देशको हित नगर्ने हुनाले जातीय राज्यको पछि नलाग्न अनुरोध गर्नुभयो ।
काठमाडौंका नेता राजेन्द्र केसीले नेताहरुलाई माओवादी भने अनुसार विश्वास नगरी सक्षम नेतृत्व दिन आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस कीर्तिपर नगर समितिका सभापति कृष्णमान डंगोलको सभापतित्वमा भएको कार्यक्रममा बद्रीलाल महर्जन, विजय भुषाल, गोकर्ण केसी, मिनप्रकाश महर्जन लगायतले बोल्नुभएको थियो ।
नेपाली काँग्रेस कीर्तिपुर नगर समितिको यो नगर सम्मेलन तथा क्रियाशील कार्यकर्ता भेला कीर्तिपुरमा पहिलो पटक भएको हो ।

No comments:
Post a Comment