वर्ष ९, अंक ४१ (२०६९ माघ १२ गते शुक्रबार प्रकाशित)
सुगौली सन्धिबारे बेलायत
सरकारलाई स्मरणपत्र
काठमाडौं
। एकीकृत नेपाल राष्ट्रवादी मोर्चाले नेपाल र भारतबीचको सन् १९५१ को
सम्झौताअनुसार सन् १८१५ मा भएको सुगौली सन्धि खारेज भइसकेकाले नेपालले
गुमाएका भू–भागहरू फिर्ता गराउन बेलायत सरकारको ध्यानाकर्षण गराएको छ ।
मोर्चाको प्रतिनिधिमण्डलले माघ ९ गते नेपालका लागि बेलायती राजदूत जोन टक्नटलाई स्मरणपत्र बुझाई बेलायतका प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।
सन् १९५१ जुलाई ३१ मा नेपाल–भारतबीच भएको सन्धिअनुसार सुगौली सन्धि रद्द भएतापनि नेपालले गुमाएका मेची पूर्व र महाकाली पश्चिमका नेपालका भू–भागहरू भारतले फिर्ता नगरेको सो स्मरणपत्रमा उल्लेख छ ।
राजदूत टक्नटसँगको भेटपछि मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले बेलायतको मातहतमा भारत रहेको समयमा नेपालसँग सुगौली सन्धि भएकाले त्यसको खारेजीकरणमा उसको नैतिक भूमिका हुने आफूहरूले ध्यानाकर्षण गराएको बताउनुभयो ।
उहाँका अनुसार राजदूत टक्नटले आफूले बेलायतका प्रधानमन्त्रीलाई सो पत्र पठाउने र उताबाट आएको जवाफ मोर्चालाई उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको मोर्चाले जनाएको छ

No comments:
Post a Comment