Friday, December 7, 2012

होमियोप्याथिक पद्धतिद्वारा घुँडा दुखाईको सजिलो उपचार

होमियोप्याथिक पद्धतिद्वारा घुँडा दुखाईको सजिलो उपचार

#  डा. ए.बी. खाँ

वर्ष ९, अंक ३४ (२०६९ मंसीर २२ गते शुक्रबार प्रकाशित)

    घुँडा दुखाईसँग सम्बन्धित प्रसस्तै विरामी उपचारका लागि आउने गर्छन् । यसरी आउने विरामीहरु जुनसुकै उमेर, समूहका पनि छन् । समस्या र उमेरको आधारमा घुँडा दुखाईमा विरामीलाई डा. ए.वी. खानद्वारा घुँडा दुखाईको समस्यालाई तीन समूहमा विभाजन गर्नु भएको छ ।
– पहिलो समूह : यस समूहमा ५ देखि १५ वर्षसम्मका बाल बालिकाहरु प्रायः ग्रोइङ् पेन अर्थात् वृद्धि विकासका क्रममा हुने दुखाईका साथै खेलकुदसँग सम्बन्धित चोटपटक, ओस्टियोकोन्ड्रोसिस अफ टिवियल टयुबरोसिटी अर्थात् घुँडाको हड्डी नरम हुने अवस्था संक्रमण, टयुमर, आदि यस समूह अन्तर्गत पर्दछ ।
– दोश्रो समूह : यस समूह अन्तर्गत खेलकुदसँग सम्बन्धित मेनिस्कल, कुरकुरे हड्डी र लिगामेन्टका चोटपटक हुन्छन् । थोरैमा ओस्टियोआथ्राइटिस अथवा हड्डी खिइने रोग र बाथ पनि हुन्छ ।
– तेस्रो समूह : यस समूहमा पर्ने विरामीको घुँडाको जोर्नी खिइएको जसले गर्दा जोर्नीबीचको कुरकुरे हाड (Cartilage) नष्ट भई कुरुपता (Deformity) देखिनु वा साथै तिघ्राका मांसपेशीहरु कमजोर हुन्छन् र अवस्था अझ जटिल हुन्छ ।
    डा. एवी खानको भनाई घुँडा दुखाई र त्यससँग सम्बन्धित समस्या विभिन्न कारणले भएको हुन्छ । विशेषगरी मांसपेशीहरु बलियो पार्ने व्यायामहरुको कमी नै मुख्य कारण हो ।
    सामान्यतः दिनमा ६ देखि ८ घण्टाभन्दा बढी घुँडा खुम्चाएर बस्नाले जोर्नीमा पर्ने अत्याधिक चापका कारण हड्डी खिइने रोग अर्थात् ओस्टियोआथ्राइटिस देखा पर्छ ।
    मुख्यतः पाटेलोफेमोरल, टिवियोफिमोरल, बाथ र हाइपरयुरिसेमिक सिन्ड्रोम अर्थात् रगतमा युरियाको मात्रा बढी हुने अवस्थाले गर्दा पनि घुँडा दुख्ने समस्या अझ बढ्न सक्छ ।
    केही विरामीका कम उमेरमै जोर्नीको हड्डी खिइने समस्या देखा पर्छ, जसको कारण सम्भवतः वंशाणुगत हुन सक्छ । तर केही अति कम मानिसमा ८० वर्षको उमेरमा पनि जोर्नी अत्यन्त स्वस्थ हुन्छ ।
    डा. एवी खानको अनुसार घुँडाका जोर्नीहरु दुख्ने समस्यालाई होमियोप्याथिक औषधीबाट नियन्त्रण गर्न सकिन्छ । सबैभन्दा मुख्य र महत्वपूर्ण कुरा नै स्वस्थ जीवनशैली हो । शारीरिक व्यायाम, राम्रो शारीरिक स्थिति (Posture) र स्वस्थ खाने कुरा घुँडाको स्याहारका लागि अत्यन्त जरुरी छ ।
    यदि समस्या देखा परिसकेको छ भने त्यसलाई निको पार्ने उपायहरु अपनाउन सकिन्छ । मांशपेशी कमजोर भएको छ भने त्यसलाई बलियो बनाउनुपर्छ । यदि खेलकुदसँग सम्बन्धित मेनिस्कल टियर अर्थात् हड्डी च्यातिएको वा लिगामेन्टमा चोटपटक छ भने त्यसको लागि आथ्रोस्कोपिक सर्जरी अर्थात् घुँडामा प्वाल पारी पाइप छिराएर गर्ने शल्यचिकित्सा गर्न सकिन्छ । यदि हड्डी मसिनो हुने अर्थात् ओस्टियोपोरोसिस जस्तो रोग भने त्यसको लागि क्याल्सियम, भिटामिन ‘डी’  सेवन गर्नुपर्छ । यदि जोर्नीको हड्डी धेरै नै खराब भैसकेको छ भने ज्वाइन्ट रिप्लेसमेन्ट नै गर्नुपर्छ ।
    यदि सामान्य मांशपेशीको दुखाई र थोरै मात्रामा हड्डी खिइएको छ भने दुखाई कम गर्ने होमियोप्याथिक औषधी र फिजियोथेरापी उपयुक्त हुन्छ ।
    डा. एवी खानको भनाई हड्डी खिइने समस्याको मोटोपनासँग सीधा सम्बन्ध छ । यद्यपि मोटोपन मात्र यसको कारण होइन । यदि मोटोपन भएका मानिसका घुँडा दुख्ने रोग लाग्यो भने उनीहरुमा दुब्लो–पातलो मानिसको दाँजोमा यो दुखाई अझ बढी हुन्छ । त्यसैले सन्तुलित भोजन लिनु अत्यन्त जरुरी हुन्छ ।
    घुँडा दुखाईको समस्याको रोकथामका लागि नियमित व्यायाम, सन्तुलित भोजन, सजिलो शारीरिक स्थिति (एयकतगचभ) मा जोड दिनु पर्छ । यदि यो समस्याबाट पीडित भैसकेको भए रोगको अवस्था अनुसारको उपयुक्त उपचारको निम्ति होमियोप्याथिक चिकित्सकको सहयोग लिन आवश्यक छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete